मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकहरूलाई त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थपियो

बैंकहरूलाई त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थपियो

अपि टाइम्स

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ। चाडपर्व नजिकिएसँगै बैंकहरूलाई त्रैमासिक रिपोट सार्वजनिक गर्ने समय थप गरेको हो।

त्रैमास समाप्त भएको एक साताभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब केही समय थप गरिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्।

अब कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन्।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैँ बिदा परेकाले समय थप गरिएको उनीहरूको भनाई छ।

यो सुविधा चालू आवको पहिलो त्रैमासको लागि मात्रै थपि भएको बुझिएको छ।