मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘फेरि त्यहाँ चलखेल भएछ, एमालेको पनि मन्त्री बनाइएछः प्रचण्ड

‘फेरि त्यहाँ चलखेल भएछ, एमालेको पनि मन्त्री बनाइएछः प्रचण्ड

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा दोहोर्‍याएर एमालेले चलखेल गरेको भन्दै त्यहाँ करेक्सन गरेरै छाड्ने बताएका छन्।

कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुअघि कांग्रेसको एकजना मात्रै मन्त्री बनाउने केन्द्रमा सहमति भएको भएपनि एमालेलाई पनि मन्त्री दिएको भन्दै चलखेल भएको बताएका हुन्।

‘एमालेले गरेको चलखेल त रोकियो भनेको हिजो फेरि अर्को चलखेल भयो। हामीले भनेका थियौं, नेपाली कांग्रेसको एकजनामात्रै मन्त्री बनाउने भनेर भनेका थियौं विश्वासको मत लिनुअघि,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि त्यहाँ चलखेल भएछ। एमालेको पनि मन्त्री बनाइएछ। आज फेरि हामी त्यसलाई करेक्सन गर्दैछौं। करेक्सन त हुन्छ। यही गठबन्धनले जित्छ।’

उनले कोशीको विवाद मिलाउन आफूहरूले केन्द्रमा दुई दिनसम्म कसरत गर्न परेको उनले बताए। ‘कोशीमा दुईवटा गठबन्धन बने, हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को। लाजैमर्दो। यसलाई कसरी हल गर्ने भनेर दुई दिनसम्म बडो मिहेनत गर्यौं,’ प्रधानमन्त्री प्रचण्डले भने।