मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्रेटवालमा फेला पर्यो प्राचीन हतियार भण्डारको भग्नावशेष

ग्रेटवालमा फेला पर्यो प्राचीन हतियार भण्डारको भग्नावशेष

अपि टाइम्स

एजेन्सी । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा रहेको एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्त्विद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् ।

पुरातत्त्वविद्हरूले ग्रेटवालको छेउमा रहेको त्यो भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् । ‘ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलो पटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ’, नगरपालिका पुरातत्त्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले भनेका छन् ।

यसअघि पुरातत्त्वविद्हरूले चार सय वटा त्यस्तै किसिमका ढुङ्गे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडको आदिम संस्करण थिए । मिङ वंश ९सन् १३६८ देखि सन् १६४४ सम्म० को समयमा ग्रेटवालको सुरक्षा गर्न ती हतियारलाई सामान्य हतियार मानिएको थियो ।