मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

अस्पताल विकास समिति खारेज गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

अपि टाइम्स

बुटवल — लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनको गठनआदेश खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।

मन्त्रिपरिषद्‌ले स्वास्थ्य मन्त्रालयले पेस गरेको (अस्पताल विकास समिति गठन तथा सञ्चालन
(नियमावली, २०८० स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ९चौथो संशोधन० नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरिएको छ । त्यसै गरेर सिकलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण ९कर्निया ट्रान्सप्लान्टेसन० शोध भर्नासम्बन्धी कार्यविधि, २०८० स्वीकृत भएको छ ।

४० वर्षभन्दा माथिको लागि नसर्ने ९मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने, ज्येष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने पनि निर्णय भएको गृहमन्त्री पाण्डेयले बताए ।