मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा डोजरले ठक्कर दिँदा ९२ वर्षका वृद्धको मृत्यु

गुल्मीमा डोजरले ठक्कर दिँदा ९२ वर्षका वृद्धको मृत्यु

अपि टाइम्स

काठमाडौँ । गुल्मीको रेसुंगामा डोजरको ठक्करबाट ९२ वर्षका एक वृद्धको मृत्यु भएको छ।

बुधबार रेसुंगा नगरपालिका( १४ का ९२ वर्षीय कृष्णबहादुर सुनारको लु१क ५०२४ नम्बरको डोजरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

सडकमा पैदल हिँडिरहेको बेला सुनारलाई डोजरले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको हो।

पाल्पाको माथागढी गाउँपालिका(७ रतवास घर भएका डोजर चालक कृष्णबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।