मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटको कभरभित्र लुकाएर ब्राउन सुगर लगिँदै थियो, पिपरा प्रहरीले समात्यो

सिटको कभरभित्र लुकाएर ब्राउन सुगर लगिँदै थियो, पिपरा प्रहरीले समात्यो

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट लागु औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ सहित ४ जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका ११ ओदारी प्रोजेक्ट टोल स्थित तौलिहवाबाट ४ नं. जितपुर तर्फ आउँदै गरेको वा २० च ९८३२ नं को कार शंका लागि चेकजाँच गर्ने क्रममा बायाँ तर्फको सिटको पछाडि तर्फ सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकमा पोका भित्र सेतो कागजमा बेरी राखेको अवस्थामा ४८ पुरिया फेला परेको र उक्त पुरियाहरु खोली हेर्दा लागू औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा कार चालक रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ६ वस्ने वर्ष ३६ का युगल भट्टाराई, रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं। ११ देवीनगर वस्ने वर्ष ३५ का डम्बर बहादुर सारु मगर, सोहि ठाउँका वर्ष ३२ का सुनिल दर्लामी, बुटवल उपमहानगरपालिका वडा नं। १३ वुद्धनगर वस्ने वर्ष ३५ का राजु रास्कोटी मगर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै उनीहरुको साथबाट रु ७ हजार ३ सय समेत बरामद गरिएको र पक्राउ परेकाहरुलाई पक्राउ पुर्जी जारी गरि अदालतबाट स्वीकृत लिई हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निक्षिक गोपाल जंग रायमाझीले जानकारी दिए । वाणगंगामा लागू औषध कारोबारीको हब नै रहेको पाइएकाले यसको नियन्त्रणको लागि आफू डटेर लागेको प्रहरी नीरिक्षक रायमाझीले बताए ।