मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा उपभोक्ता हित संरक्षण मञ्च निष्प्रभावी, अध्यक्ष पाण्डेको आलोचना

कपिलवस्तुमा उपभोक्ता हित संरक्षण मञ्च निष्प्रभावी, अध्यक्ष पाण्डेको आलोचना

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । उपभोक्ता हक हित संरक्षण मञ्च कपिलवस्तुमा निष्प्रभावी बनेको देखिएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा संवद्धन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनलाई न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानी नोक्सानीबापत् क्षतिपुर्ति उपलब्ध गराउने उद्धेश्य पुरा गर्न लागि मञ्च गठन भएको हो तथापि यी कुनै उद्धेश्यमा कपिलवस्तुमा मंच सक्रिय देखिदैन । मंच गठन भए पनि यसले प्रभावकारी काम गर्न नसकेपछि आलोचना सुरु भएको छ ।

मंञ्चका जिल्ला अध्यक्ष हुन् पत्रकार तथा राजनीतिज्ञ भेषराज पाण्डे । उनी पढेलेखेका ब्यक्ति पनि हुन् । मंचको प्रतिनिधि बनेर उनी जिल्लामा धेरै कार्यक्रममा संस्थागत रुपमा सहभागि हुन्छन्, खादा माला लगाउँछन् । राम्राराम्रा भाषण गर्छन् । नीति नियमको कुरा पनि राम्रै गर्दछन् । कुनै संस्था या नगरले कार्यक्रम गर्दा उनको ब्यानर पनि देखिन्छ तर तर उपभोक्ता हक र अधिकारको लागि भने संस्थागत रुपमै धेरै कार्यक्रम भएको देखिन्न । यसपछि जिल्लामा संरक्षण मंञ्च छ या छैन ? यो संस्थाले उपभोक्ताको हकहितको लागि के काम गर्यो भनेर उनको आलोचना हुन थालेको छ । सरोकारवाला र पत्रकार स्वयमले् अहिले अध्यक्ष पाण्डेको आलोचना गर्न थालेका छन् ।

चाडबाडको समयमा बजारमा धेरै ठाउँमा बदमासी हुने गर्दछ । कालोबजारी, खाने कुरामा अखाद्ध वस्तुको मिसावट, र वस्तु तथा सेवामा लापरबाही हुँदा यसको मारमा उपभोक्ता पर्दछन् । धेरै होटल तथा रेष्टुरेन्टले अखाद्ध चिजविजहरु बेच्ने गर्दछन् । यो सबैलाई थाहा भएको विषय हो । त्यो बदमासी नहोओस् भनेर स्थानीय तहले नीति कार्यक्रम बनाउँदा बर्षमा तिनचारपटक बजार अनुगमन भनेर कार्यक्रम राख्छन् । अझै चाडपर्वमा अनिवार्य रुपमा बजार अनुगमन गर्नुपर्ने हुन्छ ।

तर कपिलवस्तुका धेरै पालिकाले अहिले बजार अनुगमन गरेका छैनन् । दशैँ अघि आन्दोलनमा उत्रिएका कर्मचारीले यहि निहूँ पारेर जनप्रतिनिधिलाई पनि कब्जामा लिएर बजार अनुगमन रोकेका छन् । जनप्रतिनिधि पनि कर्मचारीको त्यहि गुमराहमा छन् । त्यसपछि यहि फाइदा उठाउँदै वाणगंगा नगरपालिका लगायतमा कालोबजारी गर्ने, अखाद्ध वस्तुको मिसावट गर्ने प्रवृत्तिका मान्छेले अनुचित फाइदा लिन छुट पाएका हुन सक्ने बताइएको छ । उपभोक्ताबाट यस्तो गुनासो पनि आउन थालेको छ ।यस्तो अवस्थामा सरोकारवालाले उपभोक्ताकै हक अधिकारको क्षेत्रमा काम गर्ने नियामक निकायको खोजि गरेका हुन् ।

यस्तो स्थितिमा उपभोक्ता हक हित संरक्षण मंचले न पालिकाको खबरदारी गरेको देखिन्छ नत जनचेतनामुलक कुनै कार्यक्रम नै संचालनमा ल्याएको छ । चाडबाडमा बजार अनुगमन नभएको अवस्थामा संस्थाका अध्यक्ष नै उपभोक्ता भन्दा पनि ब्यापारीको पक्षमै लागेको भन्दै सामाजिक संजालमै उल्टै आलोचना भएको छ । उपभोक्ताता हक हित संरक्षण मंचको लिडर नै ब्यापारीको पक्षमा लागेपछि कुरा बुझ्न नसकेको स्वयम् पत्रकार बताउँछन् ।

विहिबार जिल्लाको एक स्थानीय अनलाइनले ‘वाणगंगामा जनकपुरका थ्रेसले बेथिति गरेको आरोप’ शीर्षकको समाचार लेख्यो । उनै पाण्डेले सो अनलाइनको समाचार फेसबुकमार्फत् शेयर गर्न पनि भ्याए । पाण्डेको त्यहि पोष्टमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेलबासेले आलोचना गर्दै लेखेका छन्, ‘ तपाईं त उपभोक्ता हित संरक्षण भन्ने व्यापारी हितमा बोल्ने क्या हो सर एकातर्फ स्थानीय व्यापारी ले चर्काे शुल्क लिएर सिण्डिकेट समेत त लगाउन खोजेका छन् । उपभोक्ता मारमा परेका बेला उल्टै व्यापारीका हितमा कुरा अध्यक्ष ज्यू ।’

महासंघका सदस्य पत्रकार कृष्ण पौडेलले उपभोक्ताको हितमा नबोलेर अध्यक्ष नै ब्यापारीको पक्षमा बोल्दा कुरा बुझ्न नसकिएको उल्लेख गरेका छन् । पौडेल लेख्छन् ‘सर त उपभोक्ताको हितमा बोल्नु पर्ने किन व्यवसायीको पक्षमा ? कुरा बुझिएन !’

सो पोष्टमा नारायण ढकाल उपभोक्ताको पक्षमा लेख्छन् ‘महंगीको मारमा परेका जनता जता सस्तो हुन्छ उतै लाग्नू स्वाभाविक हो, मुलूकले नै खुला बजार र उदारीकरण अपनाएको छ’
प्रकाश जंग टण्डनले पनि उपभोक्ताकै पक्षमा लेखेका छन् ‘कृषक,उपभोक्तालाई सस्तो सुलभ सेवा दिनु त राम्रो कुरा होइन र ? रु कि स्थानीय ट्रेक्टर व्यबसायीले अरुलाई सिण्डिकेट लगाउने आफुले मन लागेको मनपरि भाडा असुल्न पाउनुपर्ने भन्न खोज्या हो ?’ उनले लखेका छन् ।

समाजसेवी समिर सायरले ब्यङग्य गर्दै लेखेका छन् तिथि मिलाएर आउनु पर्ने बेतिथिमा आएछन 😊 ।
राज गुप्तालाई पनि अध्यक्ष पाण्डेको शेयर मन परेनछ उनले कडा शब्दमा लेखेका छन्, ‘सिन्डिकेट प्रथा उन्मूलन गर्ने हो, हजुर जनता जनार्दन को पक्षमा वकालत गर्ने हो की । यस्तै अरु प्रतिक्रिया पनि छन् ।’

वाणगंगाका युवा समाजसेवी मिलन चालिसे समिर सायरको प्रतिक्रियामा बल पुग्नेगरी लेख्छन् बेतिथी हो कि, बेथिति हो ? मैले त बुझ्नै सकिन । तिथि मिलेन भनौ भने नवदुर्गामा तिथि हेर्न पर्दैन भन्छन् ।

कतिपयले उपभोक्ता हक हित संरक्षण मञ्चको अध्यक्षले के शेयर गर्ने के नगर्ने भन्ने कुरामा हेक्का राख्नुपर्ने सुझाउँछन् ।

सामाजिक संजालमा चर्को आलोचना भएकोबारे अध्यक्ष पाण्डेले कति हेक्का राखे थाहा भएन तर जिल्लामा मंच निष्प्रभावी रहेको कुरासंग भने उनी सहमत भइएनन् ।
मंच निष्प्रभावी नरहेको भन्ने कुरा आफूमाथिको आरोप मात्र रहेको उनी बताउँछन् । स्थानीय तहले अनुगमन गरेनन् नि भन्ने अपिटाइम्सको प्रश्नमा उनले भने, ‘कर्मचारीको आन्दोलनको कारण यसपटक यस्तै भएको बताए । उनले भने अँ स्थानीय तहका कर्मचारीको आन्दोलन गरे नि, त्यो भएपछि कर्मचारी भएनन् भनेर पालिकाले बजार अनुगमन गरेनन् ऐले । यस्तो छ अनुगमन नाम मात्रको हुन्थ्यो क्यारे हुन त, यसपाली उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मंचले गरम भनेर खोजियो । आधिकारीक निकायले गरेन । अलपत्रै पर्यो यसपाली ।’

पालिका लगायतलाई खबरदारी गर्न मंचले के भुमिका खेल्यो भन्ने विषयमा उनले हलुङ्गो पाराले जवाफ दिए । यो प्रश्नमा उनी गम्भिर देखिएनन् । उनले उल्टै पत्रकारको ब्यङ्ग्य गर्दै भने, ‘गराउनुस् सचेत, सचेत गराउने अग्रभागमै हुनुहुन्छ । लल लेखौँ । म टिका लगाउन जन्मघर अर्घाखाँची छु । आएर भेट गरौँला ।’

अध्यक्ष पाण्डेले अरु बेला पनि मंच नसुतेको र उपभोक्ताको हकहितको लागि काम गरिरहेको दावी गरे । मंचले काम गरेन निष्प्रभावी भयो भन्ने कुरामा सत्यता नभएको उनको भनाई छ ।