काठमाडौँ । चरमपन्थी समूह हमासले गरेको आक्रमणको जवाफमा इजरायलले प्यालेस्टाइनमा गरिरहेको सैन्य कारबाहीमा सर्वसाधारणले ज्यान गुमाइरहेको विरोधमा वृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको छ ।
आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालयअघि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा.बाबुराम भट्टराई, नेतृ हिसिला यमीसमेत सहभागी थिए ।
प्रतिक्रिया