कपिलवस्तु । अन्ततहः वाणगंगा नगरपालिकाको वडा नम्बर ४ मा जडान गरिएका सडक बत्तीहरु बल्न थालेका छन् । चार नम्बर तौलिहवा रोडमा एक महिना अघि नै बत्ती जडानको काम सकिएको भए पनि बल्न नसक्दा वडा अध्यक्ष रेश्मीको आलोचना हुन थालेको बेलामा बत्तीहरु बल्न थालेका हुन् ।
स्थानीयको ब्यापक गुनासोपछि अपि टाइम्सले बत्ती नबोलेको विषयमा एकदिन अघि मात्र समाचार प्रकाशन गरेको थियो । समाचारको प्रभावस्वरुप लगत्तै बत्ती बलेका छन् । वडाले चाँडै नै बत्ती बाल्ने योजना बनाएको भए पनि नगरपालिकाले नेपाल विद्यूत प्राधिकरण तौलिहवालाई २०७६ सालपछिको करिब २ करोड वक्यौता नतिरेपछि प्राधिकरणले नै लाइनको मिटर नदिएको खुल्न आएको थियो ।
बत्ती नबोलेको विषयमा गुनासा र समाचार नै आउन थालेपछि वडा अध्यक्ष रेश्मी पनि कस्सिएका थिए । प्राधिकरणको वितरण केन्द्र तौलिहवा पुगेर वडा अध्यक्ष रेश्मीले मिटर पनि मागेको थिए । तर प्राधिकरणले मिटर दिन आनाकानी गरेको थियो । तयसपछि बाँकी रकम भुक्तानीको लागि वडाअध्यक्षहरुले पनि नगरलाई दबाब दिए । वडा अध्यक्ष रेश्मी लगायतको ध्यानाकर्षणपछि बल्ल नगरले बक्यौता रकम भुक्तानी गर्ने चिठी प्राधिकरणमा पठायो । त्यसपछि बत्ती बल्न थालेका हुन् । वडाले विहिबार मात्र मिटर ल्याएको थियो ।
ढिलै भए पनि बत्ती जडान भएपछि स्थानीय र सडकमा हिँड्ने यात्रु खुसी भएका छन् । चाडबाडको समयमा बल्ने भएनन् भनेर निरासा पालेका स्थानीय शुक्रबार साँझदेखि बत्ती बलेपछि ढिलै भए पनि खुसी भएका बताइएको छ । अहिले केहि बलेका छन् भने केहि बल्न बाँकी छन् । भोलिसम्म सबै बत्तीहरु बल्ने भन्दै वडा अध्यक्ष रेश्मीले सबैलाई धन्यबाद दिए ।
प्रतिक्रिया