मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग व्यापार संघ कपिलवस्तुको शुभकामना आदानप्रदानमा कसले के भने ?

उद्योग व्यापार संघ कपिलवस्तुको शुभकामना आदानप्रदानमा कसले के भने ?

अपि टाइम्स

पार्वती आचार्य, कपिलवस्तु । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण र व्यापार विविधिकरण भन्ने मुलनारालाई जोडदिंदै आएको उद्योग व्यापार संघ कपिलवस्तुले सरोकारवालाहरु बिच बिजया दशमी, शुभ दिपावली, छठ नेपाल संबतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उद्योग व्यापार संघ कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालिका १ स्थित पिस हिमालयन रिसोर्टमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले नेपालमा कानुन , कार्यविधि र नीती बनेता पनि कार्य सम्पादनमा बनेका कानुन नै बाधक रहेको बताए । नेपालमा प्रशस्त साधन स्रोत र सम्भावना भएपनि कानुनी जटिलताकै कारण नेपालमा सोचे अनुसार काम गर्न नसकिने प्रदेश सांसद पन्थीको भनाई छ ।

पेशागत महासंघ नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम शर्माले कार्यक्रममा आफ्नो बिचार राख्नुहुँदै सबै खाले पेशाकर्मी तथा व्यवसायीहरुले ईमान्दारीका साथ आफ्नो कर्तव्य पालना गर्नुपर्नेमा जोड दिए ।
उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले यहाँका केहि संघ सस्थालाई आफुहरुले पटक पटक निमन्त्रणा गरेपनि उपस्थिति नभएको भन्दै गुनासो गरे । कपिलवस्तुका व्यवसायीहरु अवैध सामान आयातका कारण मर्कामा परिरहेका त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कठोर कदम चाल्न आवश्यक रहेको अध्यक्ष पौडेलको भनाई छ ।

उद्योग व्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले देशमा मात्र नभएर यहीँ बाणगङ्गाका कयौं व्यवसायी टाट पल्टिदैं गएको हुँदा त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

उद्योग व्यापार संघका वित्त सल्लाहकार प्रेमराज घिमिरेले खस्किदै गएको अर्थतन्त्रको व्यवस्थापन गर्न सिमानाकामा हुने चोरीतस्करी नियन्त्रण गर्नुपर्ने बताए ।

मानवअधिकारकर्मी तथा पत्रकार पार्वती आचार्यले मायादेवी गाउँपालीका लगायत जिल्लका धेरै स्थानमा शिक्षा र स्वास्थ्यका अवस्था कमजोर रहेको प्रति प्रदेश सांसद पन्थिको ध्यानआकर्षण छ ।
कार्यक्रममा उद्योग व्यापार संघका सल्लाहकार अर्जुन पोख्रेल , मिन प्रसाद पोख्रेल , कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई , बौद्ध शिक्षा कार्यक्रमका चर्तुभुज पाण्डे लगाएतले शुभकामना दिंदै जिल्लाका उद्योग व्यवसायीहरुलाई कसरी अर्थतन्त्रमा व्यवस्थापन गर्न र व्यवसायीहरुलाई प्रवद्धन गर्न सकिन्छ भन्ने बिषयमा जिल्लावासी बिभिन्न सरोकारवालाहरुले बुझनुपर्नेमा जोडदिएका थिए ।
संघका बस्तुगत उपाध्यक्ष बेदराज नेपालीको स्वागत मन्तब्य तथा संघका महासचिव बासुदेव खनालको संचालनमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, लेखा समितीका संयोजक , विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।