मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ सय ७४ रनको लक्ष्य पछ्याएको भारतको उत्कृष्ट सुरुवात

२ सय ७४ रनको लक्ष्य पछ्याएको भारतको उत्कृष्ट सुरुवात

अपि टाइम्स

काठमाण्डौ । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले भारतलाई २ सय ७४ रनको लक्ष्य दिएको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय २७ बलमा १ सय ३० रन बनाएर आउट भए । यस्तै रचिन रविन्द्रले ७५ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।

न्युजिल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । भारत उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । यो समाचार तयार पार्दासम्म भारतले २ विकेटको क्षतिमा १०० रन पुरा गरेको छ ।