मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१७ वर्षीय फरवार्ड, जसले डेब्यू गरेको ३३ सेकेन्डमै गरे गोल

१७ वर्षीय फरवार्ड, जसले डेब्यू गरेको ३३ सेकेन्डमै गरे गोल

अपि टाइम्स

एजेन्सी । मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ ।

१७ वर्षीय स्पेनिस फरवार्ड अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा ७९ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेलगत्तै उनले बार्साका लागि खेलमा निर्णायक गोल गरेका थिए ।

योसँगै उनी क्लबको इतिहासमा बार्साका लागि सबैभन्दा चाँडो पहिलो गोल गर्ने खेलाडी पनि बनेका छन् । जीतसँगै बर्सा लिगको तेस्रो स्थानमा रहेको छ । १० खेलबाट २४ अङ्क रहेको बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।

उता, जिरोनाले अल्मेरियालाई ५–२ गोलले हराउँदै रियलसँग अङ्क बराबर गरेको छ । रियल भने शनिबार सेभियासँग १–१ को बराबरीमा रोकिएको थियो ।