दाङ । दाङमा मामाघर आएकी एक बालिकाको डुबेर ज्यान गएको छ । देउखुरीको राजपुर गाउँपालिका–गुरुङखोला निवासी सुन्तली खड्काको सात वर्षीया छोरी समीक्षाको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।
समीक्षाको तुलसीपुर(७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुबेर ज्यान गएको तुलसीपुर(७ का वडाध्यक्ष रामबहादुर जिसीले बताए ।
मृतक समीक्षा चाररपाँच दिन अघिमात्रै मामाघर आएकी थिइन् । उनीसहित तीन जना बालबालिका आइतवार दिउँसो २ बजेतिर खाल्डोमा नुहाउन गएका थिए । पानीमा डुबेका मृतक समीक्षाका भाइ अनुप र तुलसीपुर ७ वसन्तपुरका प्रेम बस्नेत भने सकुशल रहेका छन् ।
मृतक समीक्षाकी आमा छोरी र छोरालाई मावली हजुरआमाको घरमा छोडेर धान काट्न राजपुरमै गएका थिए ।
प्रतिक्रिया