मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानविरुद्ध अफगानिस्तानको ब्याटिङ प्रदर्शन राम्रो

पाकिस्तानविरुद्ध अफगानिस्तानको ब्याटिङ प्रदर्शन राम्रो

अपि टाइम्स

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ८३ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायो । पाकिस्तानका कप्तान बाबर आमजले सर्वाधिक ७४ रन बनाए । यस्तै अब्दुल्लाह शफिकले ५८ तथा इफ्तिखर अहमद र शदाब खान समान ४० रन बनाएर आउट भए ।

बलिङतर्फ अफगानिस्तानका नूर अहमदले ३ र नवीन उल हकले २ विकेट लिए ।
२८३ रनको लक्ष्य पछ्याउँदै अहिले अफगानिस्तानले राम्रो प्रदर्शन गरिरहेको छ । यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ३५ ओभर सकिँदा १९५ रन बनाएको छ । उसको मात्र २ विकेट गएको छ ।

यसअघिका ४ खेलमा २ खेल जितेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ । उति नै खेलमा १ खेल जितेको अफगानिस्तान पुछारमा छ ।