मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पारा एसियाली खेलकुदमा पलेशाले जितिन् कांस्य पदक

पारा एसियाली खेलकुदमा पलेशाले जितिन् कांस्य पदक

अपि टाइम्स

काठमाडौँ । पलेशा गोवर्धनले चीनको हाङचउमा भइरहेको चौथो पारा एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी छिन् । नेपालले पारा एसियाली खेलकुदमा पदक जितेको यो नै पहिलो पटक हो ।

पलेशाले महिला ५७ केजी मुनि के ४४ मा कांस्य जितेकी हुन् । उनले क्वाटरफाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरेकी थिइन् र यससँगै उनको पदक निश्चित भएको हो ।

सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी डोसमालोभा कामिलियासँग १६–१० ले पराजित भइन् ।