मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टर्कीस राष्ट्रपतिले भने ‘हमास आफ्नो भूमिको रक्षाका लागि लडेको ‘मुक्ति समूह’ हो’

टर्कीस राष्ट्रपतिले भने ‘हमास आफ्नो भूमिको रक्षाका लागि लडेको ‘मुक्ति समूह’ हो’

अपि टाइम्स

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् ।

हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन् ।

एर्डोगाल र नेतान्याहुले गत महिना न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा भेट गरेका थिए । उक्त भेटलाई टर्की र इजरायलबीच रहेको तिक्ततापूर्ण सम्बन्धमा आएको सुधारको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको थियो ।