मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौशालाको नाममा वडा अध्यक्ष पौडेलले चन्दा उठाएकै हुन् त ?

गौशालाको नाममा वडा अध्यक्ष पौडेलले चन्दा उठाएकै हुन् त ?

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेललाई गौशालाको नाममा चन्दा उठाएको आरोप लागेको छ । सामाजिक संजालमा उनीमाथि यो गम्भीर आरोप लागेपछि अहिले वडा अध्यक्ष पौडेलको चर्को आलोचना सुरु भएको छ ।

सार्वजनिक आरोप अनुसार उनले सुरुमा कपिलधामको गुरुकुलको नाममा र पछि गौशालाको नाममा चन्दा उठाएका छन् ।
सामाजिक संजालमा उनीबारे यस्तो खाले आरोप लागेको थाहा पाएपछि अपिटाइम्सलाई धेरैले जिज्ञासा राखे । त्यसपछि अनलाइनले केहि बुझ्ने प्रयास गरेको छ । त्यो आरोप सत्य नभएर चरित्र हत्या गर्ने प्रयासस्वरुप आएको वडा अध्यक्ष पौडेलको दावी छ ।

उनका अनुसार, ‘कपिलधाममा वडाबासीको आफ्नै प्रयासमा सानो गौशाला बनेको छ । त्यसको वरिपरि तारबार र वारबेर छ । त्यहाँ केहि छाडा पशुचौपाय पनि छन् । तिनैको संरक्षणको लागि स्थानयिले थोरै पैसा उठाएका छन् ।’

यो काम चौवा र मोतिपुरबासीले स्वविवेकले गरेको वडा अध्यक्ष पौडेलले बताए । उनले भने ‘यो काम गर्दा मलाई पनि सोधका छैनन् । यस्तो गर्न मैले निर्देशन पनि दिएको छैन । के कति रकम संकलन भयो त्यो पनि मलाई थाहा छैन । दुईचारसयका दरले पैसा उठाए भन्ने सुनेको छु ।’

उनले दोहोर्याएर भने, ‘त्यहि गौशालाको संरक्षण र संवद्धनको लागि स्थानीयबाट थोरधेरै पैसा उठाइएको हुन सक्छ । मबाट यस्तो भएको छैन ।’
चौवा र मोतिपुरबासीले नगरले भन्दा पहिले नै छाडा पशु चौपायको ब्यवस्थापनको लागि काम गरेको समेत उनले दावी गरे ।सरोकारवाला भने स्थानीयबाट त्यो उठाइएको भए वडा अध्यक्षको निगरानीमा हुनुपर्ने बताउँछन् । स्वविकेले उठाउँदा त्यसको दुरुपयोग हुन सक्ने भन्दै के कति उठाइएको रहेछ ? वडा अध्यक्ष अर्यालले सार्वजनिक गर्नुपर्ने उनीहरुको भनाई छ ।

अपिटाइम्ससंगको कुराकानीमा के भनेका थिए वडा अध्यक्ष कमल अर्यालले जस्ताको तस्तै पढ्नुहोस् ।
‘गौशाला के हो भनेदेखि मैले तपाईलाई स्पष्ट पारिदिन्छु । तो कपिलधाममा चौवाका साथीहरुले गाई तो चौवाले कपिलधाममा तारबार गरी थुन्नुभाछ हैन । त्यहाँ ब्यवस्थित वहाँहरुले पालो लगाएर हेर्ने, त्या ल्याउने थुन्ने त्यो गरिराख्नु भएको थियो । अनि त्याँ के भन्नुभएछ भने त्यो तार अलिकति विस्तार गर्नुपर्यो भनेर उहाँहहरुले टोलले जो दुईचार सय कति उठाएर तार विस्तार गर्ने भनेर लाग्नुभएको । अब मलाई त्यो कुरा गर्नुभएन । तारबार गर्ने कुरो थियो । त्यो गरेपछि मलाई एकैचोटी पत्रि क्यारे फेसबुकमा हालिदिए । पहिला के हालिदिए भने गुरुकुलमा पैसा उठाएर चन्दा आतंक । मैले भनेँ त्यो गुरुकुल भन्ने कुरो के गर्या छैनन् । मलार्ई केहि थाहा छैन भनेँ मैले । त्यहि लेखेँ । लेखिसकेपछि गुरुकुलको नाममाबाट बङग्याएर गौशालामा पुग्नुभयो भनेर मलाई हाले भएको त्यहि हो । त्यहाँका साथीहरुलाई गौशालामा पैसा उठाउन निर्देशन पनि होइन केहि पनि होइन । त्यहि हो मैले बुझेको । त्यो गुरुकुलले पनि पैसा उठाउँदै हिँडेको मलाई पनि थाहा छैन । पालो गरेर पनि त्याँ कजवे पुल छ नि त्याँ ड्युटी गर्थे । त्याँ मोतिपुरका नि बस्थे यता चौवाका पनि बस्थे के पैला । हार खाएर गाई थुन्ने बनाए अनि तारबार गर्नतिर लागे । हाम्रो नगर गाईब्यवस्थापन गर्ने भनेर तीव्र रुपमा लाग्न थाल्यो । त्यो भन्दा पैल्यै यिनले त्यो सोँच बनाएका रहेछन् के । योबारे मलाई सोध्नु भएन नि भन्दा उनीहरुले हाम्रो स्वइच्छाले गरेको काम हो हामीले सोधेनम भने । भोलि विहान भेला गराउनुस् म आउँछु भनेको छु । यहि चन्द्रकान्त जि । अनावश्यक टर्चर दिएके चन्द्रकान्त जि ।”