मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिदेशीय सिरिजः आज नेपाल र यूएईको भीडन्त, कसले जित्ला ?

त्रिदेशीय सिरिजः आज नेपाल र यूएईको भीडन्त, कसले जित्ला ?

अपि टाइम्स

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छ ।

खेल काठमाडौँको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

नेपाल आफ्ना चारवटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने यूएई हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा फाइनल प्रवेश गरेको थियो ।

आफ्ना चार खेलमा यूएई र हङकङले एक–एक खेलमा मात्रै जित हात पारेका थिए । जसमा रनरेटका आधारमा यूएई अगाडि रह्यो ।

नेपाल क्रिकेट संघ ९क्यान० ले आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरुप नेपालसहित यूएई र बहराइनबीचको त्रिदेशीय सिरिजको आयोजना गरेको हो ।