मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरि प्याजको मूल्य वृद्धि हुने

फेरि प्याजको मूल्य वृद्धि हुने

अपि टाइम्स

काठमाडौँ । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ ।

उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा। महादेव प्रसाद पौडेलले बताए । ‘नेपाली बजार भारतीय बजारमा पूर्णरुपमा निर्भर छ ।’ उनले भने, ‘उताका वस्तुमा मूल्यवृद्धि हुँदा यता पनि भाउ बढ्छ नै ।’

कालीमाटी बजारमा मात्रै औसतमा दैनिक ९० देखि एक सय टन ब्याज भारतबाट आयात गरिन्छ । भारतमा प्याजको मूल्य वृद्धि भए लगत्तै बजारमा कालोबजारीसमेत हुन सक्ने पौडेलको अनुमान छ ।