मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाललाई उपहार दिइएका गाई हेर्न कोरियाका कृषि मन्त्री नेपाल आउँदै

नेपाललाई उपहार दिइएका गाई हेर्न कोरियाका कृषि मन्त्री नेपाल आउँदै

अपि टाइम्स

सिन्धुली । दक्षिण कोरियाका कृषि खाद्य र ग्रामीण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउन नेपाल आउने भएका छन् । कात्तिक १५ गते उनी नेपाल आउन लागेको निजी अन्तर्राष्ट्रिय विकास संस्था हेफर कोरियाका निर्देशक हे वन लीले जानकारी गराएकी हुन् ।

कोरियन सरकारले नेपाललाई दिएको होलिस्टिन जातको गाई र साँढेको बारेमा जानकारी लिनका लागि उनी नेपाल आउन लागेको उनको भनाई । गत पुसमा दक्षिण कोरियाले नेपालाई हेफरमार्फत ८० वटा गाई र २१ वटा साँढे दिएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उपस्थितिमा हेफर नेपालले ८० वटा गाई सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ५१ जना किसानलाई वितरण गरेको छ । ती गाईहरुको अवस्था कस्तो छ त्यसको बारेमा जानकारी लिनका लागि मन्त्री आउन लागेको निर्देशक लीले बताइन् । किसानहरूको समूह बनाएर हेफर नेपालले गाई पालनसम्बन्धी तालिम पनि दिएको थियो । तालिमपछि उनीहरूलाई सो गाई वितरण गरिएको छ ।

समूहमा १०९ जना किसान छन् । सुरुको लटमा ५१ जनाले सो गाई पाएका छन् । बाँकी किसानलाई त्यही ५१ जनाले पाएको गाईबाट जन्मिने बाछी वितरण गर्ने निर्देशक लीले बताइन् । हरेक किसानले अर्को किसानलाई उपहार स्वरूप एउटा बाछी दिनुपर्ने प्रावधान रहेको छ ।

कोरियाबाट पनि यी गाई उपहार स्वरूप नै आएका हुन् । कोरियाका किसान, विद्यार्थी तथा विभिन्न संघ संस्थाले नेपाललाई उपहार स्वरूप पठाएको हुनाले यहाँका किसानले पनि अर्को किसानलाई एउटा उपहार स्वरूप दिनुपर्ने उनले बताइन् ।

गाई प्राप्त गरेका किसानले आनुवंशिक स्रोतबाट पहिलो बाछीसँगै प्राप्त गरेको सीप र ज्ञानलाई अर्को किसानलाई हस्तान्तरण ९हेफरको पासिङ अन द गिफ्ट बिजनेस मोडेल० गर्नेछन् । एउटा गाईले एक दिनमा ३२ लिटर दुध दिन्छ ।

नेपाल आएका गाई कुन अवस्थामा कसरी राखिएको छ त्यसको बारेमा मन्त्री गेउनले अवलोकन गर्नुको साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृषि मन्त्री डा।बेदुराम भुसाल लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताइन् । कोरिया सरकारले नेपाललाई गरेको सहयोगलाई निरन्तरता दिने र थप सहयोग कसरी गर्ने त्यस विषयमा छलफल हुने उनले बताइन् ।

सन् १९७० को दशकसम्म कोरियाली युद्धपछि भग्नावशेषमा परेको कोरियाले अन्तर्राष्ट्रिय समुदाय र हेफरको सहयोगबाट पशुपालनको क्षेत्रका ठुलो फड्को मारेको छ । सन् १९६९ मा जर्मनीबाट ऋण लिएर गाईहरू ल्याएर सुरु गरेको

पशुपालनले गर्दा आज डेरीमा कोरिया तेस्रो स्थानमा छ । कोरियाले नेपाललाई उपहार स्वरूप यो गाई उपलब्ध गराउनुको एउटै कारण हो, नेपालमा दुध उत्पादनमा बृद्धि ।