मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेस्सीले पाए आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड

मेस्सीले पाए आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड

अपि टाइम्स

काठमाण्डौ। अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् ।गएको वर्ष कतारमा भएको विश्व कपमा आफ्नो देशलाई उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहमा अवार्ड जितेका बीबीसीले जनाएको छ ।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भएका हुन् ।

विश्व कपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । बालोन डीुओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका एक सय पत्रकारहरूले मतदान गरेका थिए ।

मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डी’ओर जितेका छन् ।