मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के हो राजयोग ? (अष्टाङ्ग योग)

के हो राजयोग ? (अष्टाङ्ग योग)

अपि टाइम्स

राजमार्गको अर्थ आम-बाटो हो। त्यो बाटोमा जोसुकै पनि हिंडडुल गर्न सक्छन्। राजयोगको पनि त्यस्तै तात्पर्य हुन्छ। जुन योगको साधना जोकोहिले गर्न सक्छन्। सरलतापूर्वक प्रगति गर्न सक्छ। महर्षि पतंजलिबाट निर्देशित राजयोगका आठ अंग छन्।

१.यम

सम्पूर्ण प्राणिका साथमा गरिने व्यवहारिक जीवनलाई यमबाट सात्विक तथा दिव्य बनाइन्छ। यम पांच छन्।

सत्य– कुरालाई जस्ताको त्यस्तै सुनाइदिनु सत्य होइन बरु जसबाट प्राणिको अधिकतम् हित हुन्छ त्यो सत्य हो।

अस्तेय– अस्तेयको वास्तविक तात्पर्य आफ्नो वास्तविक हक खानु हो। विचार गर्नुहोस्- यस वस्तु माथि मेरो धर्मपूर्वक हक लाग्छ? यसमा अरु कसैको भाग त छैन? ज्यादा त लिइन, कर्तव्यमा कमि त भएन, जसलाई खाँचो छ उसलाई नदिकन त मैले लिइंन? 

अहिंसा– अहिंसाको तात्पर्य द्वेश रहित हुनु हो, प्रेमको पूजा गर्नु, मृत्युबाट विचलित नहुनु।

ब्रह्मचर्य– ब्रह्मचर्यको अर्थ हो- मन, बचन तथा शरीरबाट सम्पूर्ण इन्द्रियको संयम। 

अपरिग्रह– अनावश्यक चिजको संग्रह नगर्नु अपरिग्रह हो।

२.नियम

आफ्नो शरीर, इन्द्रिय तथा अन्तःकरणबाट सम्बन्ध राख्ने व्यवहारिक विषयलाई सात्विक, पवित्र तथा दिव्य बनाउनु नियम हो। नियम पनि पाँचवटा छन्। 

शौच- शरीर, वस्त्र, घर एवं उपयोगमा आउने सामाग्रहरुलाई स्वच्छतथा पवित्र राख्ने। पानीले शरीरको, सत्यले मनको शुद्धि हुन्छ।

सन्तोष– सहज-असहज परिस्थितिमा प्रसन्न रहनु सन्तोषको तात्पर्य हो। 

तप– सद् उदेश्यको लागी कष्ट सहन तप हो। 

स्वाध्याय– आफ्नो बारेमा आफैंले अध्ययन गर्नु। स्वाध्यायको मनोभूमि तयार गर्नको लागी सद्ग्रन्थको अध्ययन अत्यन्तै आवश्यक छ। 

ईश्वर प्राणिधान– ईश्वरलाई धारण गर्नु, साथी जस्तै सल्लाह लिनु। अन्तरात्माबाट सदा योग्य, उचित एवं लाभदायक उत्तर मिल्छ। 

३.आसन

आसनको सवैभन्दा प्रथम उद्देश्य त स्थिर भएर केहि घण्टासम्म बस्ने अभ्यास हो। अर्को उद्देश्य शारीरिक अंग तथा नसा-नाडिहरुको यसरी व्याम गर्नु हो जसबाट त्यसको समस्या निस्केर कार्यक्षमतामा वृद्धि हुन सकोस्।

४.प्राणायाम

यम-नियमबाट अन्तःचेतनाको शुद्धिकरणको साथै शरीर तथा मनलाई बलवान बनाउनको लागि आसन, प्राणायामको क्रिया सम्पन्न गरिन्छ। 

५.प्रत्याहार

प्रत्याहारको अर्थ निकाल्नु/बमेट गर्नु हो। आफ्ना कुविचार, कुसंस्कार, दुःस्वभाव, दुर्गुण आदिलाई बाहिर निकाल दिनु। आँखा आदि इन्द्रियहरु आ-आफ्नो विषयतीर दौडिन्छन्। तिनलाई रोकेर इष्ट साधनामा लगाउनु प्रत्याहार हो। 

६.धारणा

धारणाको अर्थ मनोइच्छित स्थिति प्राप्त गर्नको लागी त्यस प्रकारको विश्वासलाई धारण गर्नु हो। 

७.ध्यान

ध्यानको तात्पर्य चिन्तनलाई एउटै प्रवाहमा बग्न दिनु हो। उसलाई अस्त-व्यस्त उडेर भढ्किनबाट रोक्नु हो। कुनै एउटै लक्षमा केहि समय विचार गर्नु। निश्चित विषयमा अधिकाधिक मनोयोगको साथमा जुट्नु, तन्मय हुनु, सारा कुरा बिर्सेर त्यसैमा मग्न हुनु ध्यान हो। 

८.समाधि

जब कुनै कुरा माथि ठीकसंग निर्विकल्प रुपले चित्तमा घटना घटित भएर जम्छ त्यस अवस्थालाई समाधि भनिन्छ। यस अवस्थामा मन आफ्ना सारा चञ्चलताको साथ एक गहिरो निद्रामा जान्छ।