मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुद्धोधनका डन उपाध्यक्ष चौधरी, जसले प्रमुख प्रशासकीय अधिकृतको कठालो समातेर कुटे

शुद्धोधनका डन उपाध्यक्ष चौधरी, जसले प्रमुख प्रशासकीय अधिकृतको कठालो समातेर कुटे

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) ले कार्यालयमै आफ्नो डन प्रवृत्ति देखाएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि दिउँसै कुटपीट गरेर उनले डन प्रवृत्ति देखाएका हुन् ।
विहिबार दिउसो २ बजेको समयमा पत्रकारसंग अन्तरवार्ता दिँदै गरेको अवस्थामा एक्कासी आफ्नो कार्यकक्षमा प्रवेश गरेर कुटपीट थालेको ज्ञवालीले बताएका छन् ।

उपाध्यक्ष चौधरीले ज्ञवालीको कठालो समातेर कुटेको बताइएको छ । जथाभावि गालीगलौज गरी टेवलकुर्चीसमेत फुटाएका उनले ज्ञवालीको सिधै कठालो समातेर कुटपिटमा उत्रिएका बताइएको छ । सुरुमा उनले दुई थप्पड हानेका श्रोत बताउँछ ।
आफूमाथि यसरी कुटपीट भएपछि प्रशासकीय अधिकृत ज्ञवालीले काम गर्न नसक्ने भन्दै सुरक्षाकाको माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले तुरुन्त पक्राउ गरी चौधरीमाथि आवश्यक कारबाहीको माग गरेका हुन् ।
आज नै गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा वैठक बसी उपाध्यक्ष चौधरीमाथि कारबाही नहुँदासम्म गाउँपालिका र वडाहरुको काम कारबाही बन्द गर्ने निर्णय भएको छ । के कारणले प्रमुख प्रशासकीय अधिकृतमाथि चौधरी खनिए भन्ने कुरा बाहिर आएको छैन ।सम्पर्क गर्न खोज्दा उपाध्यक्षसंग भने सम्पर्क हुन सकेन । घटनापछि प्रहरीसमेत पुगेको थियो ।
शुद्धोधन यस्तै लफडा भइरहने कपिलवस्तुको नमुना गाउँपालिकामा पर्दछ ।