मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोग अनुसार योग (आसन, प्राणायाम, बन्ध, आहार)

रोग अनुसार योग (आसन, प्राणायाम, बन्ध, आहार)

अपि टाइम्स

वर्तमान समयमा रोग नहुने मानिस भेटाउन सकिदैन भन्दा पनि फरक पर्दैन । तर शरीरभित्रका कतिपय रोगलाई योग, ध्यान, प्राणयामको माध्यमबाट पनि ठिक गर्न सकिन्छ भन्ने प्रमाण पछिल्ला अनुसन्धानबाट पनि पुष्टि भैरहेको कुरा हो । हामीले यहाँ रोग अनुसारको योग बताउने प्रयास गरेका छौं । जसको अभ्यासबाट हामी सबैले लाभ लिन सक्नेछौं ।

अनिद्रा– शवासन, शशांकासन, ताडासन। भ्रामरी प्राणायाम, त्राटक।

अण्डकोष वृद्धि– प्रज्ञायोग, सर्वांगासन, गरुडासन। बज्रसनमा अधिक बस्ने। भ्रामरी प्राणायाम। अश्विनी मुद्रा, मूलबन्ध। कब्जियतबाट बच्नु पर्छ। 

उच्चरक्तचाप– सिद्धासन। शीतली, भ्रामरी, उज्यायी प्राणायाम। मांसाहार, मसालेयुक्त भोजन नगर्ने। 

एकाग्रता– कपालभांती, नाडीशोधन, भ्रामरी, भस्त्रिका प्राणायाम।

एसीडीटी– वज्रासन, शवासन। नाडीशोधन, भ्रामरी, शीतकारी प्राणायाम। हरियो साग सब्जी, मौसमी फल, पानी धेरै पिउने।

कब्जियत– प्रज्ञायोग, पश्चिमोतानासन, उत्तानोपादासन, सर्वांगासन, खानापछि १० मिनेट बज्रसनमा अवश्य बस्ने। नाडीशोधन, शीतकारी प्राणायाम। उड्डियान बन्ध। ताजा फल, शाग सब्जी, पानी प्रसस्तै पिउने। 

कम्मर दुखाई– भुजंगासन, ताडासन, मकरासन, बज्रासन। उज्यायी, भ्रामरी, नाडीशोधन प्राणायाम। शाकाहारी, पानी प्रसस्त।

किड्नी– प्रज्ञायोग, भुजंगासन, सर्वांगासन, पश्चिमोतानासन। भस्त्रिका, कपालभाँति प्राणायाम। उड्डियाना बन्ध। मासु नखाने, नुन कम मात्रामा खाने। पानी अधिक पिउने।

क्यान्सर– प्रज्ञायोग, वज्रासन। भ्रामरी, नाडीशोधन प्राणायामर। आहार डाक्टरको सल्लाह अनुसार।

रिस– पश्चिमोतानासन, शशांकासन, योगमुद्रा। नाडीशोधन, भ्रामरी, शीतली, उज्यायी प्राणायाम। मूलबन्ध। शिथिलीकरण, अन्तर्मौन, शाकाहारी।

चर्म रोग– प्रज्ञायोग, सर्वांगासन। सबै प्राणायाम। मासु, तेल, मसालेदार, कफी, चिया, मिठाई आदि नखाने।

चिन्ता- प्रज्ञायोग, भुजंगासन, सर्वांगासन। कपालभाँति, नाडीशोधन, भ्रामरी, शीतली प्राणायाम। शाकाहारी। 

छाति दुख्दा- शवासन। नाडीशोधन, भ्रामरी, उज्यायी प्राणायाम। शिथिलीकरण। शाकाहारी भोजन अल्प मात्रामा।

डिप्रेशन– प्रज्ञायोग, उष्ड्रासन। भस्त्रिका, कपालभाति प्राणायाम। शाकाहारी।

झाडापखाला– शवासन। भ्रामरी, शीतली प्राणायाम।

दम- प्रज्ञायोग, सर्वांगासन, भुजंगासन। नाडीशोधन, भस्त्रिका, कपालभाँति प्राणायाम। कफ बनाउने खालका पदार्थ नलिने। 

नपुंसकता– प्रज्ञायोग, सर्वांगासन, भुजंगासन। नाडीशोधन, भस्त्रिका प्राणायाम। मूलबन्ध, अश्विनी मुद्रा। 

निम्न रक्तचाप– प्राज्ञायोग। भस्त्रिका, कपालभाँति, नाडीशोधन प्राणायाम। उड्डियाना बन्ध। 

पाचन- उत्तानोपादासन, पश्चिमोतानासन, उष्ड्रासन, हलासन। भस्त्रिका, कपालभाँति, नाडीशोधन प्राणायाम। उड्डियाना बन्ध। हरियो साग सब्जी, मौसमी फल, पानी प्रसस्तै पिउने। 

पायल्स– सर्वांगासन, भुजंगासन, सशांकासन, पश्चिमोतानासन। नाडीशवधन, भ्रामरी प्राणायाम। अश्विनी मुद्रा, मूलबन्ध। हल्का सुपाच्य शाकाहारी भोजन। मासु, तेल, मासालेदार खाना बन्द। अधिक मात्रामा पानी। 

बहिरोपन– पछाडी झुक्ने सबै किसिमका आसनर नाडीशोधन, भ्रामरी प्राणायाम। 

मधुमेह– प्रज्ञायोग, सर्वांगासन, भुजंगासन, पश्चिमोतानासन, धनुरासन। नाडीशोधन, भस्त्रिका प्राणायाम। आहार चिकित्सकको सल्लाह अनुसार। बिहान हिंडडुल गर्ने।

महिनावारी– प्रज्ञायोग, भुजंगासन, धनुरासन, पश्चिमोतानासन, बज्रासन, सर्वांगासन। नाडीशोधन प्राणायाम। अश्विनी मुद्रा, उड्डीयाना, मूलबन्ध। शाकाहारी, सलाद लिने। 

मोटोपना– प्रज्ञायोग। भस्त्रिका, नाडीशोधन प्राणायाम। ध्यू-तेल नखाने, शाकाहारी। हप्तामा 

वाथरोग (आर्थराइटिस)- ब्रजासन। नाडीशोधन, भ्रामरी प्राणायाम। शाकाहारी भोजन। 

स्लिप डिस्क (कम्मर दुखाई)- मकरासनको अभ्यास लामो समयसम्म गर्ने, सलभासन। भ्रामरी, शीतली, नाडीशोधन प्राणायाम। 

सर्दी- प्रज्ञायोग, वज्रासन। भस्त्रिका, कपालभाँति प्राणायाम। कफ कारक र दूधबाट बनेका पदार्थ नखाने। 

टाउको दुखाई– सर्वांगासन, शवासन, ताडासन, वज्रासन। नाडीशोधन, भ्रामरी, शीतकारी। 

भक्भकाउने– भ्रामरी, शीतली प्राणायाम।

विशेष नोटःमाथि बताइएका अभ्यासहरु योगाचार्य एवं आधिकारिक व्यक्तिबाट सिकेर मात्र अभ्यास गर्नुहोला । १.आसन, प्राणायामको साथमा हस्त मुद्रालमई पनि जोडिदिनु पर्छ, यसले गर्दा ज्यादा लाभ मिल्छ। २.आसन उपासना पश्चात गर्नु पर्छ। जसले रगत तीव्र भएर उत्पन्न हुने चित्तको चंचलता ध्यानमा बाधक नहोस्। ३.अधिकतम लाभ प्राप्त गर्नको लागि व्यक्ति विशेषको आवश्यकता अनुरुप सन्तुलित कार्यक्रमको नियमित अभ्यास गर्नको लागि सुझाव दिइन्छ। 

जीवनशैली एवं योग प्रशिक्षक

-योगाचार्य कमल पौड्याल