काठमाडौं । नेपाल एक दशक पछिआईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छनोट भएको छ ।
विश्वपकको एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको हो । यो संगै क्रिकेटमा नेपालको एउटा सपना पुरा भएको छ ।नेपाल विश्वकपमा छनोट मात्र भएन एसिया छनोटको फाइनलमा पनि प्रवेश गरेको छ ।
मुलपानि क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै १३५ रन बनायो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै गुलशन झाले २२ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।
यूएईका लागि भित्रिया अरविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै मोहमद वसिमले २६ रन बनाउँदा अलिसान सफुरले १६ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई लिए । त्यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक एक विकेट लिए । जित हासिल गरेपछि सबैजसो खेलाडीले मूलपानी क्रिकेट मैदान ढोगेका छन् । यस क्रममा उनीहरु भावुक देखिन्थे ।
प्रतिक्रिया