मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र ओमानबीच अब फाइनल भीडन्त

नेपाल र ओमानबीच अब फाइनल भीडन्त

अपि टाइम्स

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि नेपालले ओमानसँग खेल्ने भएको छ ।

शुक्रबार सेमिफाइनलमा यूएईलाई हराउँदै विश्वकपमा छनोट भएको नेपालले छनोट प्रतियोगिताको उपाधिका लागि ओमानसँग खेल्ने भएको हो ।

अर्को सेमिफाइनलमा ओमानले बहराईनलाई १० विकेटले हराउँदै विश्वकपमा छनोट हुँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

नेपालले समेत यूएईलाई ८ विकेटले पराजित गर्यो । आरिफ शेखको शानदार अर्धशतक र कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङ प्रर्दशनमा नेपालले यूएईलाई हराएको हो ।

यूएईले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य नेपालले १७ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर कुशल भुर्तेलले ११ र गुल्सन झाले २२ रनको योगदान नेपालको इनिङ्समा गरेका थिए ।

नेपाललाई अब समूह चरणमा ब्यहोरेको हारको बदला फाइनलमा लिने अवसर प्राप्त छ ।