मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी निर्वाचनमा पनि कांग्रेसलाई ठूलो दल बनाउने देउवाको घोषणा

आगामी निर्वाचनमा पनि कांग्रेसलाई ठूलो दल बनाउने देउवाको घोषणा

अपि टाइम्स

बागलुङ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र संघीयता ठीक छैन भन्ने तत्त्व विरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस बागलुङ जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै देउवाले संविधान विरोधी तत्त्वलाई ठेगान लगाउन कांग्रेस कार्यकर्ता एक हुन समेत आग्रह गरे ।

पछिल्लो समय आइरहेका अफवाह प्रति विश्वास नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘अरु कसैले जे भन्यो त्यसैमा बहकिने होइन, कांग्रेसले संविधान कार्यान्वयन गरेर छाड्छ,’ उनले भने, ‘देशकै ठूलो दल भएको नाताले संघीयता र संविधानमा आएका समस्या समाधान गर्ने जिम्मा पनि कांग्रेसकै हो ।’ उनले आगामी निर्वाचनमा पनि कांग्रेसलाई ठूलो दल बनाउने घोषणा गरे । उनले कार्यकर्तालाईपनि सोही अनुसार लाग्न आग्रह गरे ।

पार्टी भित्र उब्जेका कतिपय असन्तुष्टिमा आफ्नो ध्यानाकर्षण भएको देउवाको भनाइ छ । ‘ठूलो पार्टीमा केही असन्तुष्टि हुन्छन्, जायज माग सम्बोधन हुन्छन्,’ उनले भने, ‘बेकारका माग आए वेवास्ता गरेर अगाडि बढ्ने हो ।’ देउवाले आँफू धेरै नबोल्ने तर काम गरेर देखाउने प्रतिवद्धता जनाए । देउवाले देशका प्रमुख राजनीतिक दलहरु समेत मिलेर संविधान कार्यान्वयनको एकता कायम गरेर देखाउने बताए । ‘सबै दल मिलेर संविधान कार्यान्वयन गरेर छाड्छौंं,’ उनले भने ।

सम्मेलनमा भाग लिन गाउँगाउँबाट दुइ हजार कार्यकर्ता सदरमुकाम आएका थिए । सम्मेलनमा कांग्रेसले १ सय ५ जना ७५ वर्ष काटेका जेष्ठ कार्यकर्ता र सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहीद परिवारलाई पनि सम्मान गरेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले प्रशिक्षण गर्ने पार्टी सभापति जितबहादुर शेरचनले बताए ।