मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रायमाझीको आरोप ‘कपिलधाममा विधि मिचेर जर्वजस्त अध्यक्ष चयन गरियो’

रायमाझीको आरोप ‘कपिलधाममा विधि मिचेर जर्वजस्त अध्यक्ष चयन गरियो’

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर ‘कपिलधाम’ मा विधि मिचेर जबर्जजस्त अध्यक्ष चयन गरिएको भन्दै अध्यक्षका प्रत्याशी विष्णु रायमाझीले आपत्ति जनाएका छन् । गत असोज २९ गते १२ औं साधारणसभा सम्पन्न भएर बार्षिक, प्रगति र लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत पारित भए पनि अध्यक्ष चयनमा विवाद भएपछि अधिवेशन पटकपटक सरेको थियो । तर शुक्रबार भने केहि ब्यक्ति मिलेर जर्वजस्त अध्यक्ष चयन गरेपछि रायमाझीले आपत्ति जनाएका हुन् ।
स्थगित अधिवेशन सहजीकरणका लागि ३ जनाको समन्वय समिति गठन गरिएको थियो । उक्त समितिका पोमनारायण पौडेल, दुर्गा केसी र कुमार मधु बेलबासेले प्रकृया मिचेर जवरर्जस्त अध्यक्ष बनाएको भन्दै रायमाझीले एक पत्रमार्फत् ध्यानाकर्षण गराएका छन् ।
आचार्यले १२ बर्षसम्म अध्यक्ष पदको नेतृत्व लिइरहेकोले स्वभाविक रुपमा पालो आफ्नो रहेको भन्दै विभिन्न आरोप लगाए । उनका अनुसार समितिमा नेपाल सरकारका कर्मचारीहरू राखिएको, पदाधिकारीहरुमा कुनैपनि महिला नराखिएको, सहजीकरण समन्वय समितिले अनाधिकृत रुपमा कार्य गरेको लगायत छन् । उनले सो समितिले गरेको कार्यको निन्दा पनि गरेका छन् ।
यता आचार्यले भने आफू फेरि पनि सहमतिबाटै अध्यक्ष चयन भएको दावी गरेका छन् । सहजिकरण समितिले पनि अध्यक्षको चयनमा विधि नमिचेको जनाएको छ । अध्यक्ष बन्न नपाएपछि असन्तुष्ट समुहले बिभिन्न आरोप लगाएको सहजिकरण समितिले बताएको छ

उनको यस्तो छ ध्यानाकर्षण पत्र

ध्यानकार्षण सम्बन्धमा
मिति २०८० साल आश्विन २९ गतेका दिन जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका स्थित श्री कपिल आरोग्य मन्दिर कपिलधामको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्वन्धमा भएका गतिविधि प्रक्रिया सम्बन्धमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।
उक्त असोज २९ गतेका दिन साधारणसभामा प्रतिवेदन पारित भई खुल्ला सत्र सम्पन्न भएको । बन्द सत्रमा अधिवेशनमा केही पदमा सहमति र केही पदमा असहमति भएको थियो स्थगित अधिवेशन सहजीकरणका लागि निम्न ३ जनाको समन्वय समिति गठन गरिएको श्री पोमनारायण पौडेल, श्री दुर्गा के सि, श्री कुमार मधु बेलबासे।
मिति २०८० साल कात्तिक १४ गते पुनः अधिवेशनको लागि संयन्त्र समितिले आह्वान गरेकोमा सहमति हुन नसकी उक्त दिन पनि स्थगित भएको थियो । पुनः १७ गते सहजीकरण संयन्त्र समितिले उम्मेदवार बोलाई एकलौटीरुपमा पूर्व अध्यक्ष श्री शंकर प्रसाद आचार्यलाई समर्थन गरी पूर्व वरिष्ठ उपाध्यक्ष हालका अध्यक्ष उम्मेद्वार श्री बिष्णु बहादुर रायमाझी लाई कार्यसमितिको कुनैपनि पदमा नराखी एकलौटी रुपमा श्री शंकरप्रसाद आचार्य हालैको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरिएको छ जसले उक्त धाममा विगत १२ वर्षअघिदेखि अविच्छिन्न रुपमा नेतृत्व गरी राख्नु भएको छ।

संस्था हो मिलेर जानुपर्छ भन्ने संस्थाको मुल मर्मलाई आधार मानेर अघि बढौं भन्दा संस्थाको मूल्यमान्यतालाई धज्जी उडाउने संस्थाका पदाधिकारीको मान प्रतिष्ठामा गम्भीर आँच आउने प्रक्रियाबाट आफूले नपाएको अधिकार प्रयोग गरी कार्यसमितिबाट कुनै पनि कुनै पदमा नरहने गरी पूर्व बरिष्ठ उपाध्यक्षलाई कुन आधारमा र कसरी कार्यसमितिबाट हटाइयो।

न्यायप्रेमी आजीवन सदस्य, सल्लाहकारज्यूहरु, समाजसेवी, न्यायप्रेमी, जन समुदाय ठूलो अन्याय भयो ठूलो अपमान भयो देवताहरुको बस्ने ठाउँमा धार्मिकस्थल कपिलधाममा।
अध्यक्षका उम्मेद्वार श्री बिष्णु बहादुर रायमाझी अधिवेशन भएको त्रुटिहरु र असन्तुष्टीहरु निम्नप्रकारहरु छन्–
१) संस्थाको अविछिन्न चिन्ह रुपमा १२ बर्षसम्म अध्यक्ष पदको नेतृत्व लिइरहेको।
२) नेपाल सरकारका कर्मचारीहरू कार्यसमितिमा राखिएको।
३)पदाधिकारीहरुमा कुनैपनि महिला नराखिएको।
४) सहजीकरण समन्वय समितिले अनाधिकृत रुपमा कार्य कार्यसम्पादन गरेको जुन ज्यादै गम्भीर र संस्थाको मर्मविपरीत छ जसको घोर निन्दा गर्न आवश्यक देख्दछु ।

बिष्णु बहादुर रायमाझी
अध्यक्ष पदका उम्मेदवार (कपिल आरोग्य मन्दिर कपिलधाम)

कपिलधाममा १४ वर्षसम्म अध्यक्ष पद छोड्न सहमति नभएकाले अधिवेशन पुनः स्थगित
कपिलवस्तु बाणगंगा ७ र ९ अवस्थित कपिल आरोग्य मन्दिर कपिलधामको अधिवेशन पुनःस्थगित २०८० असौज २९ गतेका दिन कपिल आरोग्य मन्दिर कपिलधामको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सन्दर्भमा उक्त मिति आश्विन २९ गते साधारणसभाको बार्षिक प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन समितिका खुल्ला खुल्ला सत्र कार्यक्रम हरु सम्पूर्ण अनुमोदन भइसकेको छ।
उक्त दिन नाम दिन बन्दसत्रको अधिवेशन कार्यक्रम सहमति हुन नसकेपछि पुनः २०८० कात्तिक १४ गतेका दिन सहजीकरण समितिले पुनः समितिका साथ नयाँ कार्यसमिति बनाउन प्रयास गर्दा स्थापना कालदेखि अविछिन्न रूपमा स्थापनाकाल २ वर्ष र बिधिवत दर्ता पश्चात् अधिवेशन १२ वर्षगरी १४ वर्षसम्म अध्यक्ष पद छोड्न सहमति नभएकाले अधिवेशन पुनः स्थगित भएको छ।