मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४ सय २ को लक्ष्य

न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४ सय २ को लक्ष्य

अपि टाइम्स

काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई ४ सय २ को लक्ष्य दिएको छ । न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ४ सय १ रन बनाएको छ । पाकिस्तानले बेंगलोरमा टस जितेर फिल्डिङ गरेको थियो ।
न्युजिल्यान्डका रचिन रविन्द्रले शतक बनाए । उनी ९४ बलमा १ सय ८ रन बनाएर आउट भए । यस्तै केन विलियम्सनले ९५ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद वसिमले ३ तथा हसन अलि, हरिश रउफ र इफ्तीखर अहमदले समान १ विकेट लिए ।

७ खेलमा ८ अङ्कका साथ न्युजिल्याण्ड तालिकाको चौथो र समान खेलमा ६ अङ्क रहेको पाकिस्तान छैठौं स्थानमा छ । सेमिफाइनलमा पुग्न पाकिस्तानले आजको र अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनैपर्नेछ, साथै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।