मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण भोलिदेखि २५ सय वटा आईफोनमा सेवा बन्द हुँदैछ

यसकारण भोलिदेखि २५ सय वटा आईफोनमा सेवा बन्द हुँदैछ

अपि टाइम्स

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले भोलि सोमवारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ ।

एमडीएमएस भोलिदेखि कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जानकारी दिएको हो । भोलि राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झन्डै २५ सय वटा सेटमा भोलिदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डाटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ । एमडीएमएसमा दर्ता नभएकामध्ये शुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।

आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर निःशुल्क दर्ता गराउन सकिन्छ । प्राधिकरणले पटक–पटक एमडीएमस लागू गर्ने जनाए पनि भोलिदेखि भने दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा नै बन्द गर्ने जनाएको हो ।