मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटकमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने तयारी

टिकटकमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने तयारी

अपि टाइम्स

काठमाण्डौ । सरकारले जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने सामग्री टिकटकबाट स्वतः हट्ने व्यवस्थाका लागि टिकटकका प्रतिनिधिसहित सरोकारवालासँग छलफल गरेको छ ।

जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने, घृणा–विद्वेष फैलाउने सामग्री टिकटकबाट हटाउने र दोषीलाई कारबाही गर्नका लागि आज आइतवार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो र टिकटकको सिङ्गापुर कार्यालयका प्रतिनिधिबीच छलफल भएको हो ।

सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्युरोले टिकटक कार्यालयसँग छलफल गरेको हो ।

छलफलपछि त्यस्ता सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।