मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा ६० लाखको धान प्रशोधन भवन अलपत्र, पन्थीले पनि उठाए प्रश्न

वाणगंगामा ६० लाखको धान प्रशोधन भवन अलपत्र, पन्थीले पनि उठाए प्रश्न

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ धनेशपुरस्थित धान प्रशोधन भवन करिब ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ । साना किसान कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरणको लागतमा साढे तिन कठ्ठा जग्गामा निर्माण सुरु गरिएको भवनमा अहिले कसैको पनि ध्यान नपुग्दा भवन जिर्ण हुँदै गइरहेको छ । यतिसम्म कि भवनबाहिर झार उम्रिएको छ । फलामजन्य सामाग्रिमा खिया लागेको छ । भवन भित्र पनि झारपात उम्रन थालेका छन् । निर्माणाधिन संरचना पनि जिर्ण दिनप्रतिदिन जिर्ण हुँदै गएका छन् । अझै पनि समयमा ध्यान नजाने हो भने सरकारको लगानी बालुवामा पानी उखानले धनेशपुरबाटै चरितार्थ पाउने निश्चित छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण र साना किसानको ३०, ३० लाख गरी ६० लाखको लागतमा उक्त भवन निर्माण गर्ने सम्झैता छ । त्यसअनुसार भवनको निर्माण पनि सुरु भयो । तर बीचमै काम रोक्दा ४ बर्षदेखि अलपत्र अवस्थामा छ । स्थानीयका अनुसार लाखौँको सो भवनमा सरोकारवाला कसैको चासो छैन । भवन जीर्ण भएर काम नलाग्ने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायको ध्यान पुग्न नसकेका स्थानीयको आरोप छ । भवन निर्माणबापत् संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १२ लाख ३ हजार ७४ रुपैयाँ भुक्तानी गरिसकेको अवस्था छ ।

‘कर्मचारी र हाकिमहरु बस्ने संस्थाको चार तल्ला भवन सम्पन्न भएको ३ वर्ष वितिसक्यो’ एक जना स्थानीयले भने ‘उनीहरुलाई मोज मस्ती छ किसानको धान राख्ने भवन किन बनाऊन् । हामीमाथि जे अत्याचार गरे पनि भयो ।’

भवनबारे आजभोलि जनताको यस्तै गुनासो आउन थालेपछि सामाजिक संजालबाट पनि खबरदारी भएको थियो । त्यसपछि धेरैले सानाकिसानको चरम लापरबाही रहेको भन्दै आलोचना गरिरहेका छन् । यस्तै आलोचनापछि लुम्बनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि भवन निर्माणबारे चासो राखेका छन् ।

सामाजिक संजालबाट खबरदारी भएपछि आलोचित बनेको अलपत्र धान प्रशोधन भवनमाथि सांसद विष्णु पन्थी केहि सदस्य लिएर सोमबार धनेशपुर पुगे । त्यहाँ पुगेर अवलोकन गरेपछि उनले पनि भवनमाथि प्रश्न उठाएका हुन् । उनको लेखाइअनुसार भवनको यस्तो हविगत हुनुमा निर्माण पक्षको धेरै लापरबाही रहेको छ भने भवनमा कुनै ढंगसंग काम भएको देखिँदैन ।

वनलाई ब्यागराउण्डमा राखी फोटो सार्वजनिक गरेका पन्थीले प्रश्न गरेका छन् कुनै काम ढंगसँग नगर्ने हाम्रो बानी कहिले र कसरी सुधार्ने? पन्थीले सरकारको लगानीबाट बनेको भवन अलपत्र हुनुको कारण पनि माग गरेका छन् । सामाजिक संजाल फेसबुकमा पन्थी लेख्छन्

”यो मोतिपुर सानाकिसान सहकारी संस्था लिमिटेड कपिलवस्तुले बाणगंगा ८ धनेस्पुरमा जग्गा खरिद गरि बनाएको आधुनिक बिउ प्रशोधन केन्द्र हो , प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले कबुल गरेको रकम उपलब्ध नगराउदा यो पुरा हुन सकेको छैन । सहकारीले आफ्नो हैसियतमा धेरै ठूलो रकम खर्चेर यहासम्म ल्याएको यो संरचना पुरा गरी सेवामा ल्याउने सन्द्रभमा संस्थाका संचालक भिम थापा , प्रबन्धक शालिक राम जी सहित । कुनै काम ढंगसंग नगर्ने हाम्रो बानी कहिले र कसरी सुधार्ने हो ?” भवनको हविगत अवलोकन गरेर फर्किएका उनले चाँडै यस भवनलाई संचालनमा ल्याउन आफूले पहल थाल्ने दावी गरे ।

यता भवनको यस्तो हविगत हुनुमा साना किसान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि आकृषि सले एक अर्कालाई दोष लगाउँछन् ।
साना किसानले परियोजनाबाट समयमा भुक्तानी नहुँदा समस्या भएको बताउँछ भने परियोजनाले सहकारी संस्थाले काममा ढिला सुस्ती गरेको बताउँछ ।

परियोजना कार्यान्वयन इकाई धान सुपरजोन, कपिलवस्तुका बरिष्ठ कृषि अधिकृत सहसराम चौधरीले बताए अनुसार साना किसानकै लापरबाहिका कारण सम्झौता अनुसारको भुक्तानी दिन सकिएको छैन ।
साना किसानको भवन र जग्गामा आर्थिक लेनदेनको विषय पनि जोडिएको सामाजिक संजालमै आएको थियो । साना किसानले जग्गाको लेनदेनमा ठुलै आर्थिक चलखेल गरेको आरोप लाग्ने गरेको छ ।