मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक

अपि टाइम्स

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको दुई सय ९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दुई सय एक रनको दोहोरो शतक खेले ।

अफगानिस्तानका नभिन उल हक, अजम्तुल्लाह ओमरजाई र रासिद खानले दुई दुई विकेट लिए । त्यस अघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायो ।

अफगानिस्तानका इब्राइम जद्रानले १ सय २३ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले २ विकेट लिए । ८ खेलमा ६ वटा जितेको अष्ट्रेलिया १२ अङ्क सहित जारी विश्वकपको तेस्रो स्थानमा छ । सामान ८ खेलमा चार वटा जितेको अफगानिस्तान आठ अङ्क सहित छैटौं स्थानमा छ ।

हिजोको जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । अब चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ । पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।