मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले भने ‘विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला’

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले भने ‘विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला’

अपि टाइम्स

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् ।

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा आज मङ्गलवार बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने बताएका हुन् ।

उनले भने् , ‘सबैभन्दा पहिला तपाईँहरूलाई बधाई छ । तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला । कतिपय बेला जित र हार संयोगको कुरा पनि हुन्छ । विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला ।’

‘क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ । यो टिम नेपालको बेस्ट टिम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपालीको क्रेज देखिएको छ’, प्रधानमन्त्रीले भने , ‘यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्त्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो।’

प्रधानमन्त्रीले भरतपुर, मूलपानी र त्रिवि क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने बताए ।

कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताए ।