मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगा माविमा बोल्ड निर्णयः निशुल्क अंग्रेजी शिक्षाको लागि १ करोडको अक्षयकोष

वाणगंगा माविमा बोल्ड निर्णयः निशुल्क अंग्रेजी शिक्षाको लागि १ करोडको अक्षयकोष

अपि टाइम्स

कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा न. ४ ठाकुरापुरमा रहेको बाणगङ्गा माध्यामिक विद्यालयलाई कायापलट गर्ने गरी विद्यालय व्यवस्थापन समिति लागेको छ । माध्यमिक तहसम्मको निशुक्ल शिक्षाको अवधारणा अनुसार अभिभावक र विद्यार्थीलाई अनुभुति हुने गरी काम गर्नको लागि विद्यालय व्यवस्थापन समितिले तत्कालको लागि केहि महत्वपूर्ण निर्णय गरेको छ ।

मंसिर २ गते बसेको विद्यालय व्यवस्थापन समितिको दोश्रो वैठकले निशुल्क गुणस्तरीय शिक्षाको लागि १ करोडको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । यस निर्णयपछि आगामी दिनमा ३०० बढी विद्यार्थीले छात्रवृत्ति पाउने नव निर्वाचित अध्यक्ष कुँवरले बताए । अक्षयकोषमा १० लाख जम्मा गर्ने घोषणा समेत गरेका अध्यक्ष कुँवरले यसलाई बढाएर १ करोडसम्म पुर्याउने दावी गरे । उनकाअनुसार कुनै सुविधासम्मपन्न बोर्डिङ स्कुलभन्दा कम नहुने गरी विद्यालयलाई अघि बढाइने छ ।

अध्यक्ष कुँवरले आगामी दिनमा नानीबाबुलाई बोर्डिङ स्कुलमा पठाउने नपर्ने गरी काम गरिने जनाए । उनले भने ‘अब बाणगंगा माविलाई जिल्लाको नमुना मावि बनाइने छ । अभिभावकले गुणस्तरीय शिक्षाको लागि नानीबाबुलाई बोर्डिङ स्कुलमा पठाउन नपर्ने गरी काम गछौँ । फ्रिमा अँग्रेजी माध्यमको शिक्षा यहिँ दिइने छ । सुरुमा केहि काम गर्नुपर्ने छ । सबैको सहयोग रहेको खण्डमा स्कुलको कोल्टो फेर्नेछ । यसको लागि एउटा कोष जरुरी थियो । त्यसको सुरुवात आजबाट भएको छ ।’

कुँवरको यो निर्णयपछि धेरैले उनको प्रसंसा गरेका छन् । कुँवरले केहि गर्दैनन् भनेर आलोचना गर्नेहरुले १ करोडको अध्यक्ष कोष बनाउने निर्णयपछि धेरै राम्रो गरेको बताउँछन् ।

अक्षयकोष स्थापना तथा सञ्चालनका लागि कार्यविधि निर्माणका लागि अध्यक्ष कुँवरले टेक बहादुर शाहीको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत गठन गरिसकेका छन् । जसको सदस्यहरूमा हरि पौडेल, दल बहादुर कुवँर, रमचन्द्र खनाल र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक राम प्रसाद भण्डारी रहेका छन् ।

प्रधानध्यापक रामप्रसाद भण्डारीका अनुसार समितिले यसको प्रकृया अध्ययन गर्ने र रकम जम्मा गर्ने काम द्रुत रुपमा अघि बढाउने छ । अक्षयकोषको प्राप्त व्याज रकमबाट वार्षिक रुपमा ३ सय विद्यार्थीले पूर्ण छात्रवृति पाउने भण्डारीले बताए ।
आइतबार नै बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले लेखा समितिलाई पूर्णता दिएको छ । यस्तै बैठकले नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा अत्तहर कमाल मुसलवान, टेक व. शाही, गणेश क्षेत्री, दल व. कुवर, रामचन्द्र खनाल, वेद बहादुर नेपाली, इन्दिरा भट्टराई, खेमराज डुम्रे रहेका छन् ।

विद्यालय सुधारको लागि अध्यक्ष कुँवरले यसरी धमाधम निर्णय गरिरहँदा असन्तुष्ट एउटा समुह अदालत जाने बताइरहेको छ ।

आफूले विद्यालयको हकहितको लागि काम गर्ने र यदि अदालतले आफुलाई अवैध ठहर गरे यसलाई सहर्ष स्विकार गर्ने कुँवरले बताए । अध्यक्ष कुँवरले आफू अध्यक्ष भइसके पनि असन्तुष्ट समुहले बिभिन्न विषयमा बार्गेनिङ गरिरहेको बताए । विद्यालय हित विपरितका कुनै माग सम्बोधनमा आफू नरहने भन्दै असन्तुष्ट समुहलाई समितिमा आएर बस्न कुँवरको आग्रह छ ।