मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हातको साहिँली औँलामा नै औँठी किन लगाइन्छ ?

हातको साहिँली औँलामा नै औँठी किन लगाइन्छ ?

अपि टाइम्स

काठमाडौँ । अहिले मंसिरको महिना हो । मंसिरसँगै धेरैको दिमाखमा आउने एउटै कुरा विवाहको सिजन हो । पूर्वीय दर्शनले विवाहलाई सृष्टि क्रम अघि बढाउन स्त्री र पुरुषका बीचमा हुने आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्दछ । यसै विवाहका लागि नभई नहुने कुरामा पर्छ औँठी ।

नेपाली समाजमा विवाह वा टिकाटालो गर्दा औँलामा औँठी लगाइदिने चलन छ । विशेषतः दुलहा दुलहीले एक अर्काको हातको साइँली औँलामा औँठी लगाइ दिने गर्छन् ।

हातको साहिँली औँलामै किन औँठी लगाइन्छ भन्ने कुरा कतिपयलाई जानकारी नहुन सक्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

परम्परागत रूपमा नै विवाह बन्धनमा बाँधिएको प्रतीक वा सङ्केत स्वरूप बिहे गर्दा औँलामा औँठी लगाउने चलन चली आएको छ ।

हातको साहिँली औँलामा औँठी लगाइदिँदा सो औँलाको सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको छ ।

जसका कारण विवाहको औँठी सोही औँलामा लगाउँदा श्रीमान् श्रीमतीबीचको सम्बन्ध सुमधुर र मनसँग जोडिने हुन्छ भन्ने मान्यता रहेको छ ।

विवाहको औँठीलाई परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सूत्रका रूपमा लिइन्छ ।

यसैले श्रीमान् श्रीमतीबीच एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रूपमा औँठी लगाइने परम्परा नेपालमा मात्र नभइ युरोपका कयौँ देशहरूमा दायाँ हातको साहिँली औँलामा लगाउने प्रचलन रहेको छ ।खबरहबबाट