मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईँलाई प्रशासनले भन्यो ‘बल्खुमा कार्यक्रम गर्न अनुमति छ’

दुर्गा प्रसाईँलाई प्रशासनले भन्यो ‘बल्खुमा कार्यक्रम गर्न अनुमति छ’

अपि टाइम्स

काठमाडौं । गणतन्त्रविरोधी अभियानता व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ ।

प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर(नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ ।