मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औं कपिलवस्तु महोत्सवमा स्टल बुकिङ गर्न के गर्नुपर्दछ ?

१४ औं कपिलवस्तु महोत्सवमा स्टल बुकिङ गर्न के गर्नुपर्दछ ?

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुन लागेको १४ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी सुरु भएको छ ।

बुद्ध रंगशालामा हुने महोत्सवका मुख्य कामहरुमध्ये अहिले स्टल निर्माण लगायतको काम धमाधम भइरहेको हो । स्टल निर्माणसंगै स्टल बुकिङ पनि भइरहेको छ । यसपटक महोत्सवमा बिभिन्न प्रकृतिका ३ सय स्टल रहने आयोजकले जनाएका छन् । स्टल संयोजकको जिम्मा मिन थापालाई दिइएको छ ।

संयोजक थापाका अनुसार अहिलेसम्म करिब आधाजति स्टल बुकिङको लागि कुरा भइसकेको छ । अन्य स्टल पनि चाँडै नै बुक भइसक्ने उनले बताए । गत बर्षहरुमाभन्दा यसपटक चाँडै महोत्सव लाग्न लागेकाले ब्यापार हुने आशामा बुकिङको रेसिओ बढेको थापाको भनाई छ ।

थापाका अनुसार औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य अनुसार स्टल दिइएको छ । आयोजकको लक्ष्य अनुसार स्टलमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन भनिएको संयोजक थापाले अपिटाइम्सलाई बताए ।

३ सयमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २०, घरेलुका ५० र विभिन्न प्रदर्शनका ५० बढी स्टल राखिने संयोजक थापाको दावी छ । उनले फोन सम्पर्क गरेर या सचिवालयमा आएर स्टल बुकिङ गर्न सबैलाई अनुरोध गरे ।
‘युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने नाराका साथ बाणगंगा ४ स्थित बुद्धरंगशालामा महोत्सव हुँदैं छ ।