मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिबोधनी एकादशीः शितगंगा, रेसुङ्गा र गुल्मीदरबारमा सार्वजनिक बिदा

हरिबोधनी एकादशीः शितगंगा, रेसुङ्गा र गुल्मीदरबारमा सार्वजनिक बिदा

अपि टाइम्स

गुल्मी । लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाका पालिकामा हरिबोधनी एकादशीमा सार्वजनिक विदा दिइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालेले बिहीबार सार्वजनिक बिदा दिएका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा र शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले एक सुचना जारी गर्दै ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका छन् ।

एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थलमा मेला लाग्ने गर्दछ ।