मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के छ एमालेको संकल्प यात्राको कार्ययोजनामा ?

के छ एमालेको संकल्प यात्राको कार्ययोजनामा ?

अपि टाइम्स


काठमाडौं । नेकपा एमालेले १४ मंसिरमा मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार यो यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गर्नेछन् । समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरुसहित हुनेछ ।

३ हप्तासम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु टोलीमा रहनेछन् ।

नेपालमा पहाडी क्षेत्रको भूगोल सबैभन्दा धेरै रहेको, उल्लेख्य बसोबास रहेको, जैविक विविधता र जलस्रोतको भण्डार रहेकाले यस क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम गरिएको प्रचार विभाग प्रमुख गौतमले बताए ।