मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन कुदाउनू होला

उपत्यकामा भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन कुदाउनू होला

अपि टाइम्स

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेका छन् ।

नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले ७ मंसिर ९बिहीबार० एउटै समयमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेकाले उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै उनले अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन लिएर निस्किन भनेका छन् ।

‘५ सय, हजार जना एकैपटक सडकमा निस्किँदा बाटो पूरै जाम हुन्छ, डाइभर्सन गर्नुपर्ने हुन्छ’, पोखरेलले अनलाइनखबरसँग भने, ‘दुई पक्षले ठाउँ ठाउँमा भेला, जम्मा भएर कार्यक्रम स्थलतर्फ जाने भनेको हुँदा नागरिकलाई सहज होस् भनेर अत्यावश्यक अवस्थामा मात्र निस्किन अनुरोध गरेका हौं ।’

सडकमा निस्किँदा समस्या नहोस् भनेर निकिस्नुपूर्व १०० वा १०३ मा फोन गरेर जानकारी लिन समेत सकिने उनले बताए ।