मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल आउन लागेका मुर्रा राँगालाई भारतीय भन्सारले लगायो रोक

नेपाल आउन लागेका मुर्रा राँगालाई भारतीय भन्सारले लगायो रोक

अपि टाइम्स

काठमाडौँ । नेपालले अनुदानमा भारतबाट नस्ल सुधारका लागि ल्याइउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले रोक लगाएको छ । बाँकेको नेपालगंजस्थित रुपैडिहा–जमुनाहा नाकाबाट आज भित्र्याइएने भनिएको १५ वटा मुर्रा राँगाको भन्सार अनुग्य पत्र ९बिल० भारतीय भन्सारले माग गरेको हो ।

अनुदानमा ल्याउन लागिएको ती राँगाको बिल नहुँदा भारतीय भन्सारले रोक लगाएको नेपालगंजस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा। विनय कुमार कर्णले बताए । राँगा दुईवटा ट्रकमा ल्याइउन लागिएको हो । भारतस्थित पन्जाबबाट पुनः बिल बनाएर ल्याउनु पर्ने भएकाले ती राँगालाई भारतीय भन्सारमा नै राखिएको छ । सो बिल आएपछि भारतीय भन्सारले राँगालाई पठाउने तयारी गरेको कर्णले बताए ।

उन्नत जातका मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरुप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगञ्ज र लहानमा राखिने छ । पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ ।