मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्याब्सन कपिलवस्तुको लोक नृत्य प्रतियोगिताः प्रथम हिलबर्ट, ज्ञानपुञ्ज दोश्रो

प्याब्सन कपिलवस्तुको लोक नृत्य प्रतियोगिताः प्रथम हिलबर्ट, ज्ञानपुञ्ज दोश्रो

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु प्याब्सनले आयोजना गरेको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि हिलवर्ट इङ्लिस बोडिङ स्कुल पिपराले जितेको छ । शुक्रवार बुद्धभूमि नगरपालिकाको सभाहलका आयोजित प्रतियोगितामा उपाधि जित्दै प्रदेश स्तरीय प्रतियोगितामा स्थान बनाएको छ ।

प्रतियोगितामा बाणगंगाकै ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल दोस्रो भएको छ । दोस्रो स्थानमा रहेको ज्ञानपुञ्जले समेत प्रदेश स्तरीय प्रतियोगिताका स्थान बनाएको छ । तेस्रो स्थानमा शिवराज नगरपालिकाको आवर मदरल्याण्ड एकेडेमी रहेको प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले जानकारी दिए ।

पाण्डेले बाल बालिकामा रहेको प्रतिभाको प्रस्फुटन गराउन र लोक संस्कृतिको संरक्षण गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगितामा प्याव्सन केन्द्रीय सदस्य शिव गैरेले कपिलवस्तुका बालबालिकाले प्रदेश र केन्द्र सम्म पुगेर जिल्लाको पहिचान बनाउनेमा विश्वस्त रहेको बताए।

प्रतियोगितामा सहभागी बालबालिकाले परम्परागत लोक संस्कृतिको जगेर्ना गर्ने खालको प्रस्तुति दिएको विशिष्ट अतिथि तथा बुद्धभूमि वडा नम्बर ४ का वडा अध्यक्ष सुशील चौधरीले बताए । प्रतियोगितामा आदर्श इङलिस बोर्डिङ स्कुल,पारिजात पब्लिक इङलिस बोर्डिङ स्कुल, शिवगढी इङलिस बोर्डिङ स्कुलले सहभागिता जनाएका प्याव्सन सचिव नवीन शर्माले बताए ।

कार्यक्रममा प्याव्सन बाणगंगा नगर अध्यक्ष सुरेन्द्र पाण्डेले सञ्चालन गरेका थिए भने लोक नृत्य अनुसन्धानकर्ता अन्नु रञ्जक र छमछमी कला केन्द्रका प्रशिक्षक किशोर थापाले निर्णायक रहेको सहसचिव दीपक भुसालले जानकारी दिए।