मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमि महोत्सवमा हस्तकलालाई निशुल्क स्टल, स्थानीय उत्पादनको प्रदर्शनीमा जोड

बुद्धभूमि महोत्सवमा हस्तकलालाई निशुल्क स्टल, स्थानीय उत्पादनको प्रदर्शनीमा जोड

अपि टाइम्स

अपिटाइम्स, कपिलवस्तु । बुद्धभूमि नगरपालिकामा हुन लागेको ‘दोश्रो कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा हस्तकलालाई निशुल्क स्टल दिइने भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रवर्धन” भन्ने मूल नारा सहित होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुले मङ्सिर १४ गतेदेखि २४ गतेसम्म गोरुसिङेमा संचालन गर्न लागेको महोत्सवमा स्थानीय हस्तकलाको प्रवद्धनको लागि निशुल्क स्टलको ब्यवस्था गर्न लागिएको हो ।

महोत्सवको तयारी र आकर्षणबारे जानकारी दिन आइतबार आयोजना भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सवका संयोजक लेखनाथ घर्तीले बुद्धभूमि हस्तकलाको हब रहेकाले यस स्थानमा जिल्लाका जोकोही भए पनि समयमा हस्तकलाको स्टल लिएर आएको खण्डमा निशुल्क दिइने बताए । यसको लागि एक दुईदिनभित्रै सम्पर्क गर्न संयोजक घर्तीले आग्रह गरे ।

घर्तीले व्याच, दोसल्लाल र मायाको चिनोमा स्थानिय हस्तकलाका सामाग्रीलाई प्रमोट गर्ने बताउँदै प्लाष्टिकजन्य सबै वस्तु र सामाग्रीलाई महोत्सव अवधिभर निशेध गरिने दावी गरे । उनले दुनाटपरीले पनि स्थान पाउने बताएका छन् । महोत्सवमा करिब १ सय २० स्टल रहनेछन् । त्यसमा स्थानीय उत्पादन र हस्तकलाले विशेष स्थान पाउने बताइएको छ ।

पत्रकार सम्मेलनमा पत्रकारका जिज्ञासाको जवाफ दिँदै संघका महासचिव पदम ढकालले चुनौतिको बीचमा महोत्सव आयोजना गरिएको बताउँदै सबैको पक्षबाट सहयोग हुने विश्वास ब्यक्त गरे । उनले महोत्सवलाई हिजोको असफलतासंग जोडेर नहेर्न आग्रह गर्दै यो महोत्सव सफल पारेर छोड्ने दावी गरे ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले ब्यावहारमै स्थानयि उत्पादनको प्रवद्धन देखाउन आग्रह गरे । धेरै स्थानमा लाग्ने मेला केवल नाम मात्रैका भएकाले बुद्धभूमिका तरकारी, थारु संस्कृति र बुद्धका चिनारीलाई महोत्सवले प्रवद्धन र प्रदर्शन गर्नु पर्नेमा अध्यक्ष बज्राचार्यको जोड छ ।

जेष्ठ नागरिकका लागि भनेर महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको संघका सचिव धुर्व न्यौपानेले बताए । जेष्ठ नागरिक परिचय पत्र देखाएर जेष्ठ नागरिक सजिलै महोत्सव जान सक्ने उनले बताए । यस्तै एकल महिला, अपाङ्गता भएका र विद्यार्थीको लागि पनि छुटको ब्यवस्था गरिएको उनले बताए ।

संघका निवर्तमान अध्यक्ष गोपाल बहादुर खत्रीले यसअघि पनि महोत्सव संचालनको अनुभव रहेकाले सफल हुनेमा दुइमत नरहेको बताए । पत्रकारहरुले सहयोग गरे महोत्सव सफल हुने र असहयोग गरे असफल हुने भन्दै सकारात्मक खबर लेख्न खत्रीले आग्रह गरे ।

सुरक्षाको हिसाबले महोत्सवलाई सफल बनाउने सुरक्षा गार्डसहित नेपाल प्रहरीको एउटा टोली २४ घण्टा नै खट्ने आयोजकले बताएका छन् । कार्यक्रमको संचालन पत्रकार महास।घका सचिव जानु पाण्डेले गरेका थिए ।

महोत्सवका अन्य आकर्षणमा डान्स आइडल, बाल उद्यान, स्कुल लोक नृत्य स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति लगायत छन् । करिब १ करोड रुपैयाँको कारोबार लक्ष्य राखेको महोत्सवलाई ग्लोबल डेरीले मुखय प्रायोजन गरेको छ भने करिब ७० हजार दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष्य छ । महोत्सवको संरक्षकमा बुद्धभूमि नगरपालिका र बुद्धभूमि उद्योग वाणिज्य संघ छन् ।