मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण

अपि टाइम्स

काठमाडौं । समग्र सेयर बजार घट्दा पनि होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २१७ अंक ९०.११ प्रतिशत घट्दा होटल तथा पर्यटन समूह भने ३.३ प्रतिशत अर्थात् १६९ अंक बढ्यो । सो समूहका सबै ६ वटै कम्पनीहरु तारागाउँ रिजेन्सी, सोल्टी होटल, सिटी होटल, ओरियन्टल होटल, चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मूल्य बढेको छ । पछिल्लो समय बढ्दो पर्यटकको संख्या र पर्यटन सिजन सुरु हुँदै गर्दा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका हुन् ।

मंगलबारको कारोबारपछि नेप्से परिसूचक भने १८९४ विन्दुमा कायम भएको छ । दिउँसो सवा १ बजे नेप्से घटेर १८८५ विन्दुसम्म झरेकोमा अन्ततः सम्हालिएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ७५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएकोमा मंगलबार १ अर्ब २८ करोडमा खुम्चियो । कुल १०२ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ११ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १६९ अंक बढ्दा उत्पादन ३३, जलविद्युत् ३ र फाइनान्स समूह ५ अंक बढे । बैंकिङ ६, विकास बैंक १९, जीवन बीमा ७, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा २, अन्य २ र ब्यापार उपसमूह २७ अंक घटे ।

बुद्धभूमि हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ८.९, तारागाउँ रिजेन्सीको ८.२, अभियान लघुवित्तको ७.८, स्वेतगंगा हाइड्रोको ७.६, मकरजितुमाया हाइड्रोको ७।४, मेन्छयाम हाइड्रोको ६.८ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । मिडसोलु हाइड्रोको ४.७, विजय लघुवित्तको ४.६ तथा आरम्भ चौतारी लघुवित्तको मूल्य ४.१ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, सोल्टी होटल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहे ।