मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोश्रो बुद्धभूमि महोत्सवः १ करोडको कारोबार, ७० हजार दर्शकको अपेक्षा

दोश्रो बुद्धभूमि महोत्सवः १ करोडको कारोबार, ७० हजार दर्शकको अपेक्षा

अपि टाइम्स

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा हुने दोस्रो कृषि, पर्यटन तथा औद्योगिक महोत्सवमा करिब १ करोडको कारोबार हुने लक्ष्य लिइएको छ । मङ्सिर १४ गते देखि २४ गते सम्म १० दिन संचालन हुने महोत्सवबाट करोड हाराहारीमा कारोबार हुन सक्ने आयोजकले बताएका हुन् ।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा हुने महोत्सवमा १ सय २० स्टल रहने छन् । महोत्सवबाट संकलन भएको रकमले स्थानीय क्षेत्रको ब्यापार प्रवद्धन, अरु सामाजिक र मानवीय कार्य गर्ने बताइएको छ । महोत्सव आउन अब २ दिन मात्र बाँकी रहँदा तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक लेखनाथ घर्तीले जानकारी दिए ।

संघका महासचिव पदम ढकालले महोत्सवको आकर्षणमा स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान, डान्स आइडल, स्थानीय र राष्ट्रिय कलाकारको दैनिक प्रस्तुति लगायत रहेका छन् । यसपटक जसरी पनि महोत्सव सफल हुने उनले बताए । महोत्सव हुने भएपछि मुखयगरी बुद्धभूमि बासी खुसी छन् । बुद्धभूमिसंगै अर्घाखाँचीको समुदायलाई पनि महोत्सवले तान्नेमा आयोजक विश्वस्त छ ।