मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार महिनामा ४ करोडको अचार निर्यात

चार महिनामा ४ करोडको अचार निर्यात

अपि टाइम्स

काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ४ करोड १८ लाख रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चार महिनाको अवधिमा नेपालबाट विदेशतर्फ उक्त मूल्यको अचार निर्यात भएको हो ।

यस अवधिमा ५३ हजार किलोग्राम अचार बाहिरिएको छ । असोज महिनासम्मको अवधिमा नेपालबाट जम्मा २ करोड ८८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको थियो । त्यसयता एक महिनाको अवधिमै २ करोडले निर्यात बढेको हो ।

नेपालबाट मुख्यगरी विश्वका ९ वटा देशमा अचार बिक्री हुँदै आएको छ । सबैभन्दा धेरै अस्ट्रेलियामा २ करोड ५२ लाख रुपैयाँको अचार निर्यात हुँदा बेल्जियममा १९ लाख र क्यानडामा २२ लाखको अचार निर्यात भएको छ ।

यसबाहेक, इटालीमा ३२ लाखको निर्यात हुँदा अमेरिकामा १२ लाख, जापानमा ४३ लाख र बेलायतमा २६ लाख रुपैयाँको अचार निर्यात भएको छ ।