मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ, टोप बहादुर अझै फरार

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ, टोप बहादुर अझै फरार

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मैजुबहालको निवासबाट उहाँलाई प्रहरी परिसरमा ल्याएका छौं ।’

काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भनेबारे निर्णय लिने बताए ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।