मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि बुद्धभुमि महोत्सव, मन्त्री आचार्यले १ बजे उद्घाटन गर्ने

भोलिदेखि बुद्धभुमि महोत्सव, मन्त्री आचार्यले १ बजे उद्घाटन गर्ने

अपि टाइम्स

कपिलवस्तु । बुद्धभुमि नगरपालिकामा विहिबार ‘भोलि’देखि सुरु हुने दोश्रो कृषि, उद्योग, तथा पर्यटन महोत्सवको उद्घाटन नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचायले गर्ने भएका छन् ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुको आयोजनामा हुन लागेको महोत्सवको मन्त्री आचार्यले दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठ लगायतको सहभागिता हुने छ । त्यसअघि महोत्सवलाई सफल बनाउन विहान ११ बजेदेखि ईलाका प्रहरी कार्यलय गोरुसिंगेदेखि प्रभातफेरि निकाल्ने आयोजकले जनाएका छन् ।

प्रभातफेरिमा बिभिन्न जाती, समुह, समुदाय, विद्यालय, भजनमण्डली, बालबालिका लगायतका द’ई दर्जन संघसंस्थाले बजागाजा, झाँकीसहितको प्रभातफेरि निकाल्ने महोत्सवका संयोजक तथा संघका अध्यक्ष लेखनाथ घर्तीले बताए । स्थानीय उत्पादन, कृषि, ब्यापार, पर्यटनको प्रवद्धन गर्न महोत्सव आयोजना भएको हो ।