मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ कपिलवस्तु महोत्सवः रेस्लिङदेखि मुक्तिनाथ र शान्तिदीपसम्म

१४ औँ कपिलवस्तु महोत्सवः रेस्लिङदेखि मुक्तिनाथ र शान्तिदीपसम्म

अपि टाइम्स

काठमाडौँ । मंसिर महिना लाग्नासाथ मेला र महोत्सवको सिजन सुरु हुने गर्दछ । मंसिरबाट सुरु भएको यो सिजन लगभग फागुन महिनासम्म जारी रहन्छ । मंसिर महिनामै देशभर महोत्सवको चटारो छ । लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा पनि अहिले मेला र महोत्सवको चटारो छ ।

रुपन्देहीको भैरहवा, तिलोत्तमा र सैनामैनामा पालिकाले अहिले मेला र महोत्सव आयोजना गरिरहेका छन् । कपिलवस्तुमा पनि एकै महिनामा २ वटा महोत्सव हुँदैछन् । मंसिर १४ गतेदेखि २४ गतेसम्म होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघले महोत्सव गर्दैछ भने वाणगंगामा बाणगंगा वेलफेयर सोसाइटीले चौधौँ कपिलवस्तु महोत्सव आयोजना गरेको छ ।

रुपन्देहीमा लागेकामध्ये छैठौँ सैनामैना महोत्सव फेलउन्मुख छ भने तिलोत्तमा र भैरहवामा लागेको महोत्सव पनि आशादित भइरहेको देखिदैन । ती महोत्सवमा दर्शकको उपस्थिति त्यति देखिन्न भने कारोबार पनि सन्तोषजनक नभएको ब्यापारीहरु बताउँछन् । गोरुसिंगेमा हुने दोश्रो बुद्धभूमि महोत्सव कस्तो हुने हो हेर्न बाँकी छ ।

तर जहाँ जे भए पनि बाणगंगा वेलफेयर सोसाइटी भने १४ औँ कपिलवस्तु महोत्सव सफल हुनेमा विश्वस्त छ । उसो त नेपालभर सफल हुने महोत्सव अन्तर्गत गन्नमा आउँछ कपिलवस्तुमा लाग्ने महोत्सव । उद्योग वाणिजय संघले लगाउँदा होओस् अथवा वेलफेयरले लगाउँदा होओस् बुद्ध रंगशालामा लगाइने महोत्सव फलप हुन्न । आयोजकको लक्ष्यअनुसार दर्शक भित्रने र कारोबार हुने गरेको विगत छ ।

यसपटक पनि वेलफेयर सोसाइटीले त्यहि विगतलाई अझै उचाइमा पुर्याउने लक्ष्य राखेको छ । लक्ष्य राखिएको अढाइलाख दर्शक जसरी पनि भित्र्याउने तयारीमा वेलफेयर सोसाइटी छ । त्यसपछाडी खास कारण छन् ।

यस्ता छन् खास आधार

वेलफेयर त्यस्तो क्लव हो जसले महोत्सव लगाउने सवालमा नेपालमै चर्चा बटुल्छ । प्रस्तुति राख्न आउने कलाकार होऊ्न् अथवा ब्यापारी अथवा सरोकारवाला यहाँको तयारी र मिहिनेत देखेर प्रसंसा गर्दछन् । कलाकार छनौट, मंचको सजावट, मनोरञ्जनका कुराहरु भित्र्याउन चतुर छ वेलफेयर ।

यत्ति मात्र होइन महोत्सवमा जहिले पनि केहि न केहि नयाँ नै गरिरहेको हुन्छ । विगतमा हेलिकप्टर सफारी लगायतको काम पनि वेलफेयरबाट भएको थियो । त्यहि नयाँपनलाई निरन्तरता दिँदै वेलफेयरले यसपटक पनि नयाँपन ल्याएको छ त्यो हो रेस्लिङ प्रतियोगिता ।

आयोजकको यो निर्णयसंगै पश्चिम नेपालभर रेस्लिङको चर्चा हुन थालेको छ । चर्चित रेस्लरहरु भित्राउने गरी मुना श्रेष्ठ ९ड्रयागन लेडी० ले यस प्रतियोगिताको नेतृत्व गरेकी छन् । उनको लडाई हेर्न यसपटक पश्चिम नेपाल आतुर देखिन्छ ।

आयोजक वेलफेयरका अध्यक्ष तथा मेलाका संयोजक राजकुमार खाँण भन्छन् ‘रेस्लिङ यसपटकको पहिलो आकर्षण हो । मनोरञ्जनमा विश्वभरका मानिसले रुचाउने यो खेललाई भित्राउन पाउँदा निकै खुसी लागेको छ । यस खेलले पनि हजारौँ दर्शक भित्र्याउनेमा हामी विश्वस्त छौँ ।’

उनले माघ २२ र २३ गते रेस्लिङ हुने जनाए । रेस्लिङमा नेपाल र भारतको फाइट हुने भएकाले छिमेकी राष्ट्र भारतबाट पनि दर्शक ओइरने उनले विश्वास ब्यक्त गरेका छन् ।

महोत्सवका निर्देशक तथा सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाले रेस्लिङसंगै कृषि पर्यटन र औद्योगिक प्रदर्शनी, सर्वाधिक राशीको १२ औँ कपिलवस्तु डान्स आइडल, वाणगंगा नगरपालिकाको कृषि प्रदर्शनी, आइटी, बाल उद्यान र बिभिन्न मनोरञ्जनका खेलहरु ९पीङ, डुङ्गा, ड्रयागन० पनि दर्शक भित्र्याउने सेतुको रुपमा रहनेछन् । यस्तै स्थानीय कला संस्कृति पनि आकर्षणको अर्को महत्वपूर्ण कारण हुने उनले बताए ।

उनका अनुसार सांस्कृतिक कलाकारको छनौट पनि मेलाको मुख्य आकर्षण हुने उनले बताए । यसपटक पनि चर्चित र नाम चलेका प्रतिभाशाली कलाकारलाई मंच चलाउने निर्देशक रोकाले बताए ।

महोत्सवमा यसपटक मुक्तिनाथ मन्दिरको झल्को दिने गरी प्रवेशद्धार बनाइने छ । यो पनि दर्शकको फोटो खिच्ने खालको हुने बताइएको छ । यस किसिमको प्रवेशद्धार यस क्षेत्रमा पहिलोपटक नै बनाउन लागिएको आयोजकको दावी छ । यस्तै महोत्सवकोभित्र बुद्ध जन्मस्थल लुम्बिनीमा देख्न पाइने शान्ति दीपलाई पनि मोडलको रुपमा देखाउने आयोजकको तयारी छ । यसलाई सचिवालयको नजिक राख्ने तयारी वेलफेयरले गरेको छ । यस्तै महोत्सवस्थलभित्र बिभिन्न फोटोजोन पनि हुने वेलफेयरले जनाएको छ ।

ठुलो र खुला मैदान पनि दर्शक आउने यहाँको अर्को कारण हो । धेरै ठाउँका महोत्सव स्थान अभावको कारण असफल भएका हुन्छन् । वाणगंगाको वडा नम्बर १ को महेन्द्र राजमार्गको उत्तरतर्फ नगरपालिकाको अगाडीपट्टी रहेको बुद्ध रंगशाला आफैमा त्यहाँको पर्यटकीय गन्तव्य हो । त्यहाँ राष्ट्रिय खेलकुद भइसकेका छन् भने स्थानीयस्तरमा हुने फुटवल लगायतका खेल पनि त्यहाँ हुने गर्दछन् ।

वाणगंगा नगरपालिकामा मात्रै करिब १ लाख जनसंख्या छ साथमा उत्तरमा अर्घाखाँची, पश्चिममा दाङ, दक्षिणमा छिमेकी जिल्ला भारत र पूर्वमा रुपन्देहीसंगै पाल्पाका दर्शक पनि कपिलवस्तु महोत्सव अवलोकनको लागि आउने गर्दछन् । यसपटक पनि ती सबै क्षेत्रका दर्शक भित्र्याउने आयोजकको तयारी छ ।